Sunday, November 14, 2010

(उसको नाम) or his name


उसको नाम
छैन दाम, काम संसारमा जाम
भित्रभित्रै बिगारने छैन बाहिर नाम
खेतीपाती स्याहार्ने छैन कुनै काम
साहुले नै खाइदियो छैन हाम्रो नाम
इज्जेत र बेइजेतमा कमाएका दाम
कसले बेच्ला यिनीहरुका नाम
जहाँ गयो जुन काम
बन्ने रहिछ दिए खाम
जसले जान्यो, ख्वायो उसको बडा नाम
जिन्दगी जीवनमा नगर्नुपर्ने कडा काम
दुनियामा जन्म भए कति यस्ता नाम
सयौ चेली बिगारेर पति जस्ता नाम
को जन्मेला खै, यिनलाई पार्न जाम
कहाँ भेटिएला के होला उसको नाम
सत्य त्रेता द्वापरमा कयौ जन्मे नाम
पुज्ने भए कलीमा यीनकै अब नाम
भाग्ला कतै सामन्ति बोकेर नाम
बिच बाटोमै छेकिदेऊ हे श्रीराम
येशु बुद्ध कृष्ण मोहमद कति लियौ नाम
जे भनेनी एउटै प्रभु तिम्रो काम ।।

No comments:

Post a Comment