Sunday, November 14, 2010

गजल



हिजो त बोट रोपेकै थियो
नबढ्नुपर्ने के भै दियो ।
संसारकै रिती संसारकै तिथी
आफैले आफै काटेकै थियो ।
बुढा छाड्ने कलिला ताक्ने
काल पनि मातेकै थियो ।
चेली र बेटी स्वास्नीआमा
मान्छेले मान्छे बेचेकै थियो ।
रहरै–रहर करै–कर फेसनको माहोल
आतङ्क फैलाई बाचेकै थियो ।।

No comments:

Post a Comment