..यात्रा...
पाइला चाल्दा चाल्दै पशुपती आइयो,
मनमा भाको व्यथा सुटुक्क भन्न पाइयो ।
जताततै लथालिङ्ग पखालिएको रंग,
फोहरपति भाको देख्दा म त परे दंग ।
धुम्रपान मध्यपान देख्नु देखियो,
साच्चै शिव भाको झुक्नु झुक्कियो ।
हरहर पानी भन्दै जीउमा पानी पारे,
के थाहा तिनलाई अस्पतालमा सारे ।
केटाकेटी बुढाबुढी लाशको यात्रा भो,
हामी जनता जर्नादन बोल्न कहाँ भो ।
कोहि भन्छन् पशुपति बाँदरको बस्ती,
हामी सारा जनता उनीहरुका हस्ती ।
झुम्दा रहेछन् मान्छे नि सारा शरीर जल्दा,
सम्झे होलान् कतिले आफ्नो शरीर पोल्दा ।
देशीविदेशी रमाइ फोटो खिची भर्ने,
त्यही फोटो बेचिकन बोतल नि भर्ने ।
मनशाय सबको पैसा आर्जन,
जे गरेनी व्यपार फस्टाऊ साजन ।
मिठामिठा सूरिला भजन सुन चुड्का,
हुदाँहुदाँ हरिका वजन नाप्न भुड्का ।
थरीथरी ठाउँ मानिस मर्दा जलाउने,
पूजाको फुलसँगै शेष नी सेलाउने ।
यही रिती यही तिथी मान्छे सिद्धाउने,
ढोगप्रणाम पण्डित बोलाइ गिज्याउने ।
यो नै हो रचना अन्त्य यात्राको,
शिवरात्री नजिकै देखिने सभ्य जात्राको ।
No comments:
Post a Comment