Sunday, November 14, 2010

poem (marinchha or we will die))


मरिन्छ–मरिन्छ थाहै होला एकदिन राम जपिन्छ,
चयन सुख हराउँछ जसदिन दाम गनिन्छ,
तरिन्छ–तरिन्छ गंगानदी जसदिन पूण्य थपिन्छ,
परिन्छ–परिन्छ खाडलमा जसदिन पाप गरिन्छ,
गरिन्छ–गरिन्छ पक्कै केहि गरिन्छ,
थाहै छ, थाहै छ गंगानदी तरिन्छ ।।
..
मर्ने भन्दैमा घाँटी कसले रेट्ला र ?
बाच्ने भन्दैमा नमर्ने औषधि भेट्ला र
कुरा सत्य हो, एकदिन पक्कै मरिन्छ
पापपूण्य के हो ? सबै जानिन्छ,
यही फन्दा मायाजालमा जलिन्छ
खै कसको कुरा गर्नु आफै परिन्छ ।।

No comments:

Post a Comment