Sunday, November 14, 2010

poem (हिजो घुस खानेहरु)


हिजो घुस खानेहरु,
आज निमोठिडै छन्,
कयौ लालाबच्चा भनेर भाग्दैछन् ।
हामी देखिरहेछौँ को कहाँ भागीरहेछ,
आखिर अन्तिम यही आउँनु रहेछ ।
थाहा हुदाँ हुदै किन भाग्नुपयो,
पैसा सँग दाँजेर काम किन ग¥यौ ।
कयौ मान्छे ठगेर जागिर पनि दियौ,
लौन लौन भनेर पछि तिमी आयौ ।
कसले पतायो भष्ट्रचारले अत्तायो,
ति मान्छे कहाँ गए तिम्ला मात्र सतायो ।
देवी झाँक्री धायौ त्यहाँ पनि भएन,
घर श्रीसम्पत्ति रहँदै रहेन ।
कहाँ पूगे साथिभाइ बनाएका जागिरे,
हेर्न छाडे तिमीलाई सजाँयका भागिरे ।
पारे तिम्लाई झ्यालखाना डन्ठेको हात,
भेट्न आएनन् नातापाता खानुपर्ने लात ।।

No comments:

Post a Comment