Friday, August 23, 2013

तिज


देशभरका हिन्दु धर्मावलम्बी महिला दिदीबहिनीहरुमा हरितालिका तीज को अवसरमा शुभकामना व्यक्त गर्न चाहान्छु ......साथै इद को अवसरमा पनि सम्पूर्ण स्वदेश तथा विदेश मा रहनुहुने मानुभावाहरुमा खुशी शान्ति, स्वच्छ माधुर्य छाओस >...................


तिजमा नाचेको यो ठिटो गाउँको कस्तो मजाले भन्देउन साथिभाई मर्छ लाजैले
भुरुङ झैँ भुरभुरी हातमा बाला नयनमा चुलबुली 
कस्तो पारा हो भन्देउन साथिभाई लड्छ लाजैले

आखाँ तरेझैँ आइ लभ यू सस्तो सस्तो भन्देउन साथिभाई हाँस्छ मजैले
दौरा शुरुवाल कस्तरी लगाको हेरि हेरि डाह भो भन्देउन साथिभाई मर्छ लाजैले
ओठमा पानी नयनमा बतास नाच हेर्दा आयो भन्देउन साथिभाई मर्छ लाजैले
केही गरी भएन थकान आएन कस्तरी नाचेको मर्छु मै पनि भन्देउन साथिभाई लड्छु मै पनि
अचम्मै नाच्ने यो मोरो काले मेरी त बुढीले आखाँ तरि रे
उठी उठी सबै नाच नाच्दै गए मेरी त बुढी उसकै पछि रे

Sunday, August 18, 2013

....एन (Stop)


विकास जस्तै मुहार देखेर, जाने सुर कसैले कस्दापनि,
ममाचाहिँ उहि संस्कार बस्यो, उताको धन–मन बर्सिएन ।

विज्ञानमा प्रकाश जस्तै, चमत्कार कसैले गर्दापनि, 
मेरा पाइला यहिँको यहिँ, चन्द्र धरातल तेक्ने सुर/आँट गरिएन ।

धराप जस्तै पर्दापनि, नपड्किने म्यान शराब पिउँदापनि,
झसकिएर झसक्क,  त्यो टेबल ग्लास होटेलको बासमा समात्न समातिएन ।

कृष्णले राधा सम्झेर सुन्दरी च्याहार्दै कयौलाई बाटो मिलाउँदापनि,
किनकिन यो मन अर्कै, नजरले नजर बाङ्गिएन ।

सुखशैल देश गुणे चार, श्री सम्पत्ति १० गुणे ...हुदाँपनि,
मनमा सन्तोष भन्नेले, डेरा मात्र पनि जमाउन मानेन ।

कमल जस्तै फक्रन खोज्ने, दौडेर सरकार (कसैले) घचघचाउँदापनि,
म भुइको भुइ दौडाइमा जिरो, गिर्दामा उठ्न दिएन ।

कति कुरा थिए यि कुरा भए, सबै केहि नलेखेपनि, 
कसैलाई मर्का पर्ला, बुझेर, .... जानेर माफि (कहिल्यै) मागिएन ।

रहि हाल्छन् केहि कुरा अवश्य, तिमीलाई जति जे भनेनि,
फेरि भेटमा अवश्य कहुँला, यसलाई अब STOP मानिएन .........।।।।।

फुललाई सोध


बगैचाको फुललाई सोध कुन बासना हो भनेर,
मन बाट टाढिएर जानेलाई के सोधछ्यौ कुन हो भनेर
रहरै रहरमा लगायौ माया तिमीले जादु छडी मन्त्र हानेर
फक्रने फुल्ने बेलामा रौक्यौ फलामे बार बानेर
जानी नजानी गर्यौ वा आफ्नै मनमुटु बाट छानेर
के हो कसो हो थाहा छैन कसको इशारा मानेर


................ continue........

Sunday, August 4, 2013

रात काल


आज फेरि उही पूरानो घाउ बल्झियो
अध्यारोको रात काल जस्तै झम्टियो
.......................

कहिले बाघ भालु जस्तै सिंह गर्जन
अनि गर्जन फनफनी तन्काइ सर्जन
तर उही आखिर अध्येरी रात न थियो 
दिनको पर्खाइ डर साथ न थियो ।