विकास जस्तै मुहार देखेर, जाने सुर कसैले कस्दापनि,
ममाचाहिँ उहि संस्कार बस्यो, उताको धन–मन बर्सिएन ।
विज्ञानमा प्रकाश जस्तै, चमत्कार कसैले गर्दापनि,
मेरा पाइला यहिँको यहिँ, चन्द्र धरातल तेक्ने सुर/आँट गरिएन ।
धराप जस्तै पर्दापनि, नपड्किने म्यान शराब पिउँदापनि,
झसकिएर झसक्क, त्यो टेबल ग्लास होटेलको बासमा समात्न समातिएन ।
कृष्णले राधा सम्झेर सुन्दरी च्याहार्दै कयौलाई बाटो मिलाउँदापनि,
किनकिन यो मन अर्कै, नजरले नजर बाङ्गिएन ।
सुखशैल देश गुणे चार, श्री सम्पत्ति १० गुणे ...हुदाँपनि,
मनमा सन्तोष भन्नेले, डेरा मात्र पनि जमाउन मानेन ।
कमल जस्तै फक्रन खोज्ने, दौडेर सरकार (कसैले) घचघचाउँदापनि,
म भुइको भुइ दौडाइमा जिरो, गिर्दामा उठ्न दिएन ।
कति कुरा थिए यि कुरा भए, सबै केहि नलेखेपनि,
कसैलाई मर्का पर्ला, बुझेर, .... जानेर माफि (कहिल्यै) मागिएन ।
रहि हाल्छन् केहि कुरा अवश्य, तिमीलाई जति जे भनेनि,
No comments:
Post a Comment