Friday, November 29, 2013

उनमा विकल्प छ

तिम्रो जीवन सधै सधै खुशी सँगै सहयात्रा गरोस्
बास् यत्ती मेरो चाहाना छ संकल्प छ,
दुनियाले जेजे भनेपनि मेरो कोल्टोमा दुखै परोस्
तर चाह छैन तिमी मा माया विकल्प छ,
दरो र खरो प्रस्तुती पनि मेरो सहेरै लोद्रोमा झरोस्
फुल्ने फुल सुगन्ध छ भाका उनमा संकल्प छ
मेरो मन स्थिर जस्तै विकल्प केही लाद्न नखोजोस्
खास यही संकल्प छ, उनमा विकल्प छ ।।

Thursday, November 7, 2013

स्वच्छ हावा

धित मजाले मार्दै थिए
स्वर्ग सरी स्वच्छ हावा पाउँदै थिए
बास्ना मग मग ति रमाइलो थियो
म जहाँ नयनले दृष्य भर्दै थिए

Wednesday, November 6, 2013

साँझ झमक्क

गाउँको लालु गजक्कै परेछ
उडेको चरी गुडैमा बसेछ
साँझ झमक्क परेछ
तिमी यताउती नजाऊ
खेल्ने समय सिद्धिसकेछ
गमकेर किराकिरी आऊला
टाढै गएका आमाबाबु आइपुगेछ
भुक्ने कुकुर भित्र गइसकेछ
दुहुनो गाई दोइ सकेछ
घाँसपात भकारोमा भरी सकेछ
ताग्ला ताग्ली लाइसकेछ
पल्लारे पसले ढोका लाइसकेछ
रुदैँ गरेको बच्चा रुन छाडेछ
गाउँलेको विर्खे सधै झै मातिदै आएछ
आफ्ना सन्तान कुट्दै कुर्लन थालेछ
फलानो त कुखुरी खोज्दै गाउँगाउँ डुलेछ
तल्लारे शहर गएका गाडि नपाउँदा घरै आएनछ
उपल्लारे खोकीले खोक खोक गर्दै रहेछ 

.......................क्रमश   ...................

Tuesday, November 5, 2013

गगनमा चन्द्र

गगनमा चन्द्र झुल्किदाँ सूर्यले बिदा मागेछ
उही पल्टने लखरलखर घर आउँदै रहेछ
चलायमानले आज पनि अर्कै समाचार पढेछ
ऋणले चुर्लुम्म धनेकोमा साहु पसेछ