Thursday, April 17, 2014

रेसुङ्गा धाम तपोवन हाँगा हाँगामा


रेसुङ्गा अर्जुन भन्दैछन् कयौ बास बसे यो हाम्रो काख पाखामा
सबै चिनेकै मुहार नचिनेका पनि बसे सब यो दिलको आखाँमा

आउँदै जाने सबै लान्छन् अपरम्म माया अनि मन मुटुका कोशहरु
यो दृष्य हाम्रो भरीकन ती नजर अनि ती त्यो दिलको आखाँमा

सवाल धेरै हुन्छन् तर उही सवालले दिन्छ जवाफ समय रफ्टारमा 
यो हाम्रो काखै शुद्ध पवित्र गंगा निर्जल रेसुङ्गा धाम तपोवन हाँगा हाँगामा

बतास चल्यो त भँगेरी स्वागतका गित गाउँछन् लोक लय समाति
चुच्चे चिरबिर चिरबीर ओठमा अतिथि देवो भवः गुञ्जीयो छहरा छाँगामा

यही त रहिछ लाखौ लाख तिरेनी नभेट्ने विदेशीले आफ्नो देश रसमा
जब देखे संसारकै सुन्दर सृष्टि यो थलो विदेशी नि खुशी भए स्वर्ग पर्दा आँखामा

Sunday, April 13, 2014

नव वर्ष २०७१ सालको शुभकामना


२०७० ले गन्तव्य चुम्दै गर्दा २०७१ ले चाल्ने हरेक पाइलाहरु
ठिक सहि समयमा तन्दुरुस्त तवरले अघि बढ्न सकोस् ।
जस्तो संविधान को आयु थपे जस्तो २०७१ को आयु थप्न नपरोस् ।
यही छ हाम्रो तिम्रा लागि नव वर्ष २०७१ सालको शुभकामना ।

Happy New Year 2071


Photo: बितेका पल जस्तरी बिते, तर आउने पलले रमणिय त्रान्ति छाओस् यही छ हाम्रो तिम्रा लागि नव वर्ष २०७१ सालको शुभकामना

Monday, April 7, 2014

नव वर्ष २०७१ सालको शुभकामना

सबको भलो होस् सबको जय होस् श्रृष्टि शान्तिको होस
यही छ हाम्रो तिम्रा लागि नव वर्ष २०७१ सालको शुभकामना









उटपट्याङ् खाडलहरु घाम लाग्दा धुलैधुलो वर्षातमा हिलैहिलो 
त्यसता बाटाले आउँदा दिनमा स्थिीरता प्रदान गरोस् 
यही छ हाम्रो तिम्रा लागि नव वर्ष २०७१ सालको शुभकामना








संविधानमा बाँझिने १–१ शब्द, तिनले अल्झाउने जालोले पार पाओस्
यही छ हाम्रो तिम्रा लागि नव वर्ष २०७१ सालको शुभकामना








Sahitesangra Blogspot
मैले खाँदै गरेको कोदोको झोलले विश्राम लेओस्
यही छ मेरो मेरा लागि नव वर्ष २०७१ सालको शुभकामना









बितेका पल जस्तरी बितेपनि आउने पल रमणिय होस्
यही छ हाम्रो तिम्रा लागि नव वर्ष २०७१ सालको शुभकामना

Thursday, April 3, 2014

हिन्दु

तुलसी जाग्यो मठैमा मञ्जरी त्यसकै बोटमा
हिन्दु भन्ने रहिरहोस् नेपाली सबै ओठमा

साहित्य संग्रह

माया गरी ममता छर्छु भन्दा आज किन सुम्सुमाउन गाह्रो
तिम्रै नजिक सर्छु भन्दा आज किन खुट्टा घुमाउन गाह्रो
लतपतिएका ओठ समाल्छु भन्दा आज किन तलमाथि जुटाउन गाह्रो
सुस्केरा हालि बोलाउँछु भन्दा आज किन धुन सुनाउन गाह्रो

शान्ती श्री बुद्ध

विश्वमा चर्चित हामी हाम्रो हिमाल तराई पहाड
जहाँ गएनी शान्ती श्री बुद्ध भन्न डराउँदिन

स्वर्ग तुल्य छ देश (Nepal)


स्वर्ग तुल्य छ देश अनि यो मेरो माटो
म त विदेश गएर हातगोडा खियाउँदिन
दिनभरमा एकै गाँस मुखमै परोस्
तर सित्तैमा दिएको आफू खान्न बाल बच्चा लाई खुवाउँदिन
परिश्रम श्रम गर्छु ईश्वरले दिएकै छन्
एक दिन मेरो पनि पालो आउँला ठगेर त खादै खाँदिन