Thursday, April 17, 2014

रेसुङ्गा धाम तपोवन हाँगा हाँगामा


रेसुङ्गा अर्जुन भन्दैछन् कयौ बास बसे यो हाम्रो काख पाखामा
सबै चिनेकै मुहार नचिनेका पनि बसे सब यो दिलको आखाँमा

आउँदै जाने सबै लान्छन् अपरम्म माया अनि मन मुटुका कोशहरु
यो दृष्य हाम्रो भरीकन ती नजर अनि ती त्यो दिलको आखाँमा

सवाल धेरै हुन्छन् तर उही सवालले दिन्छ जवाफ समय रफ्टारमा 
यो हाम्रो काखै शुद्ध पवित्र गंगा निर्जल रेसुङ्गा धाम तपोवन हाँगा हाँगामा

बतास चल्यो त भँगेरी स्वागतका गित गाउँछन् लोक लय समाति
चुच्चे चिरबिर चिरबीर ओठमा अतिथि देवो भवः गुञ्जीयो छहरा छाँगामा

यही त रहिछ लाखौ लाख तिरेनी नभेट्ने विदेशीले आफ्नो देश रसमा
जब देखे संसारकै सुन्दर सृष्टि यो थलो विदेशी नि खुशी भए स्वर्ग पर्दा आँखामा

No comments:

Post a Comment