Sunday, November 14, 2010

गिरिजाबाबु Girijababu



उचाइ हेर सगरमाथाको, तुलना गर जीपी बाबुको
ममता हेर दिव्यमाताको, मोलाइभर कृष्णबाबुको
१९८१ दुर २०६६, ८६ वर्ष पुरा
प्रजातन्त्र संविधान शान्तिका कुरा
विदुर सम्झे कतिले भिष्म भनीन सतिले
बच्चाबृदा युवा चिन्थे देख्न्नेसुन्ने जतिले

पागल mad

म पागलै त हो साथि
उसले भनेपछि
उ पनि त पागलै हो
मैले भनेपछि ।

मान्छे हेर्दा looking at man

मान्छे हेर्दा राम्रो रैछ हसाँइबोलाइ चाम्रो
बिहे भाको हाम्रो छकि बसाँइ होला राम्रो,
भेट हुदाँ बोलिचाली कती राम्रो बानी
कहाँ पर्छ गाउँ ठाउँ, नाउँ हाम्रो नानी,
झट्ट हेर्दा राम्रो हेर मोटोघाटोलाटो
बिहे भाको हाम्रो छैन बसाइ राटोमाटो ।
भेट हुदाँ सबदंग बोल्छु राम्रै सँग
नाम सुन्दा कालिगंगा गाउँ हाम्रै गंगा , ।

Muktak मुक्तक्

तस्बिर एउटा झुटासा बसाल्यौ
मुटु रोइकन जो जसलाई हसायौ
मन फुट्ने गरी दिल खसाल्यौ
तन धन जुट्ने भरी जुटाइ फसायौ
कहाँ कहाँ खोजिन लक्ष्य पनि सोचिन्
भेट्न पनि भेटिन देखेर चिनिन्
तिमिलाइ परी सम्झेर बस्दा
आकाशे चरी हावाबाट खस्दा
पत्रैपत्र लेख्न्न खोजे ठेगाना भेटिन
मेट्न खोजे ती तिम्रा भेट तर मेटिन

poem (हिजो घुस खानेहरु)


हिजो घुस खानेहरु,
आज निमोठिडै छन्,
कयौ लालाबच्चा भनेर भाग्दैछन् ।
हामी देखिरहेछौँ को कहाँ भागीरहेछ,
आखिर अन्तिम यही आउँनु रहेछ ।
थाहा हुदाँ हुदै किन भाग्नुपयो,
पैसा सँग दाँजेर काम किन ग¥यौ ।
कयौ मान्छे ठगेर जागिर पनि दियौ,
लौन लौन भनेर पछि तिमी आयौ ।
कसले पतायो भष्ट्रचारले अत्तायो,
ति मान्छे कहाँ गए तिम्ला मात्र सतायो ।
देवी झाँक्री धायौ त्यहाँ पनि भएन,
घर श्रीसम्पत्ति रहँदै रहेन ।
कहाँ पूगे साथिभाइ बनाएका जागिरे,
हेर्न छाडे तिमीलाई सजाँयका भागिरे ।
पारे तिम्लाई झ्यालखाना डन्ठेको हात,
भेट्न आएनन् नातापाता खानुपर्ने लात ।।

शान्ति peace

सबैको पुकार यही नै डकार,
हरपल हरक्षण शब्द "शान्ति" ।
बाच्दैन कोही नाच्दैन कोहि,
हास्दैन नभइ शब्द "शान्ति" ।

yes or no? (poem)





किन डुल्छौ, व्यर्थै काम छैन कि

आमाबाले कमाएको दाम हैन कि
दिन भूल्छौ बाआमाले गरेकति खेती
पसिना बगाको राम हैन कि
खेतीपाती किसानी जागिर हैन कि
डोको नाम्लो भिर्ने काम हैन कि
दुष्ट्र मार्ने भगवान् राम हैन कि
कंश स्याहार्ने कृष्ण छैन कि 
गरिबको माया माया हैन कि 
बाटो भरी गाडि जाम हैन कि 
सूर्यको ताप घाम हैन कि
आगोमा पकाको माम हैन कि
देशको सेवा काम हैन कि
चिठीको बोक्रो खाम हैन कि ..

poem घोडा टेकेरै ....

घोडा टेकेरै नुग्ने भए
किन लड्नुपरेथ्यो ।
सयौ जनता मरेर गए
किन घाँटी काट्नुपरेथ्यो ।

कयौ साथि चोरले लए
किन डाक्नुपरेथ्यो ।
आफ्नी आमाको रक्षा नगर्ने भए
किन जन्म लिनुपरेथ्यो .,।

poem


जब आमा रुन्छन्
पुछ तिनका आशुँहरु ।
जब बाबा भन्छन्
पूरा गर तिनका आशाहरु ।
जब मामा गन्छन्
चुम तिनका आशीर्वादहरु ।
जब दाता दिन्छन्
नमिल्काऊ तिनका गाँसहरु ।
जब छाता ओढ्छन्
तर्के पानीका शासहरु ।
जब गाना लेख्छन्
हँसिया काटे घाँसहरु ।
जब गाता ढाक्छन्
देखिएका लाजहरु ।
जब पाना भरछन्
रंगीन अक्षरका दानाहरु ।
जब पाता कस्छन्
थाहा हुन्छ सारा त्रासहरु ।
जब साहु छिरछन्
लुट्छन् गाउँका बासहरु ।
जब खोला बग्छन् ।
बगाइ जलेका लाशहरु ।
जब भोला छाड्छन्
खुशीयोका वर्षाहरु ।
जब चेली बेचिन्छन्
छाडिन्छन् बनाइ वेश्याहरु ।
जब जेलझेली फालिन्छन्
बनाइ एच्.आइ.भी. पीडितहरु ।
जब खेला खेलिन्छन्
बनाइ रक्सीका तासहरु ।

poem (marinchha or we will die))


मरिन्छ–मरिन्छ थाहै होला एकदिन राम जपिन्छ,
चयन सुख हराउँछ जसदिन दाम गनिन्छ,
तरिन्छ–तरिन्छ गंगानदी जसदिन पूण्य थपिन्छ,
परिन्छ–परिन्छ खाडलमा जसदिन पाप गरिन्छ,
गरिन्छ–गरिन्छ पक्कै केहि गरिन्छ,
थाहै छ, थाहै छ गंगानदी तरिन्छ ।।
..
मर्ने भन्दैमा घाँटी कसले रेट्ला र ?
बाच्ने भन्दैमा नमर्ने औषधि भेट्ला र
कुरा सत्य हो, एकदिन पक्कै मरिन्छ
पापपूण्य के हो ? सबै जानिन्छ,
यही फन्दा मायाजालमा जलिन्छ
खै कसको कुरा गर्नु आफै परिन्छ ।।

song



      गीत
आखाँबाट आशुँ चुदाँ
लेख्या हो सम्झना हुदाँ
         बस पर्खेर अब त अती भो आउँला फर्केर
केहि समय बितिगो
मनको रहर सबै मेटिगो
        बस पर्खेर .. .. . ... ...
दुई चार दिनमै एयरपोट आउँछु
तिमलाई सम्झि नगरकोट धाउँछु
     बस पर्खेर .. .. . ... ...

song / गीत


    गीत.
हिजो मेरो सानो भाइ लडेछ
फेरि आज के भयो हटेछ
    लउन भनन् ईश्वर गनन्
     कसको हनन्
भिज्यो मेरो कपडा किनेको
कसले देख्छ रगत मुछेको
     लउन .......
सुन्छु कुरा भाइ म¥यो अरे
रुन्छ मन के ग¥यौ हे हरे
   लउन भ....

Nepali (गजल)


Nepali (गजल)

विश्वमा सर्वच्व शिखर भन नेपाली 
सयौ नाङ्गा भोका छन् गन नेपाली ।
क्रान्ति सँगै शान्ति बनाउ नेपाल 
हत्या हिंसा छाडेर जोड धन नेपाली । 
आज सोच भोलि ती सन्ततिको हाल 
जुटेर जुटाइदेउन् मन नेपाली । 
मान्छे मान्छे भिडेर नबनाउन जाल 
नभूलिदेउन् आफ्नोपन नेपाली ।। 

Bajan (om chudka om)


Bajan (om chudka om)



ॐ...चुड्का..ॐ....
ऊँ देव देवी देवा
कलश बोकि आए
कितने दूरसे धाए
गंगा जल ल्याए
तुमको देख्न आए
तुम त जहाँ भी हे ए हैन र
तुम त जहाँ भी हे ए हैन र
पानीमा हो हैन र
रात्रीमा हो हैन र
दिनमा हो हैन र
सारा जगत्मा हो हैन र
तनमनधनमा हो हैन र
सबैथोक निर्जिव सजिव हो है न र
तुम त जहाँ भी हो हैन र ।...।
       ....ॐ....ॐ....ॐ....

गजल



हिजो त बोट रोपेकै थियो
नबढ्नुपर्ने के भै दियो ।
संसारकै रिती संसारकै तिथी
आफैले आफै काटेकै थियो ।
बुढा छाड्ने कलिला ताक्ने
काल पनि मातेकै थियो ।
चेली र बेटी स्वास्नीआमा
मान्छेले मान्छे बेचेकै थियो ।
रहरै–रहर करै–कर फेसनको माहोल
आतङ्क फैलाई बाचेकै थियो ।।

Trick / झूट


झूट
तिमी त भन्थ्यौ फुल फुल्छ
फुलेको फूलमा माहुरी बस्छ ।
किन बोल्यौ झूट बास्ना छर्छ
एकोहोरो मसँग बोलिरहन्छ ।

thief (चोर)


      चोर
कमाउन सकिन माग्ने भैकन,
दया यकिन कुकुर टोक्न ।
माग्न पनि कहाँ सक्या होर,
जाग्न अनि हुनुप¥यो चोर ।

fun poem /व्यङ्गे कविता


व्यङ्गे कविता
कसमाथि शंका गर्ने, चोरले चो¥यो रे
मोबाइल मात्र हो अरु छाड्यो रे,
कस्तो आयो युग कस्तो आयो जुग
चूरोट तान्ने शान मोबाइल बोक्ने महान् ।।

fun poem /व्यङ्गे कविता


व्यङ्गे कविता
मकैको बोट कोदालाले खन्ने,
लंकैका ओठ चुम्बनले भर्ने ।
छोइयो छोइयो गर्ने देशका भूत,
छर्की छर्की झल्काएका सूट ।
धर्म अनि कर्म रचाएर कुण्ड,
होकि कतै मर्म मच्चाएर मुण्ड ।।

Map (Gatha) or गाथा

कसरी लेखौ दिएर धर्का

अक्षरा भरका
लेख्दै र कोर्दै कागजै भरे

एकआपसमा अक्षर फरक जुरे
म सोचे के कोरिरहेछु
आखिर विश्व गाथा बेरिरहेछु । ।

meaningless / व्यर्थ, अर्थ


  व्यर्थ, अर्थ
जति शब्द कहेपनि अर्थ एउटै लाग्दो रहेछ,
अति माया भएपनि व्यर्थ मन भाग्दो रहेछ,
जति कसम खाए पनि व्यर्थ हुदै जादोँ रहेछ,
अति हजम भएपनि दबाई खानु पर्दो रहेछ ।।

Dar (afraid) / डर



    डर
सबै तिर बारुढ गज्र्यो
आज फेरि साह्रै भो ।
आँबै फेरि बाघ गज्र्यो
मलाई अब खाने भो ।।

Nepali / नेपाली



कोपिलामै निमोठिडा भोलि के होला ?
विकास गर विनास होइन तिम्रो विरता
विश्वमै सर्वच्व शिखर शिरता
बुद्ध जन्मे अरनिको भृकटी सिता
बाइबल कुराण वेद पुराण दर्शन गीता...।।


Mother





आउन आऊ आमा
हामीलाई पर सारिदेऊ ।
घाम ताप्न खोजेका
अध्यारो बाट पार तारिदेऊ ।
करुवामा पानी छ
     कचौरीमा सारिदेऊ ।
     आउन आऊ आमा
        मुटु भरी माया भरीदेऊ ।
          तेल तताइ सरर
        कोमल हातले दलिदेऊ ।
हातखुट्टा शरिर
भिज्ने गरी माडिदेऊ ।
ललाइफकाइ तल्तिर
भ¥याङबाट झारिदेऊ ।
दुःखी भएनी हे आमा
खुशी भनी ढाँटिदेऊ ।

Thief ("चोर" a poem)


चोर..
चोर आयो पस्यो लुट्यो बाटातिर लायो
सबै मान्छे हेर्या हेरी टुलुटुलु पार्यो
गोली बिनाको बन्दुक सबलाई तेर्सायो
बोली पनि बन्द मान्छे सब तर्षायो
जाइलाग्ने मान्छे खाइलाग्ने पाराका
चारैतर्फ थिए, सुइको पाउँने भाका
भन्दै रहे चोर आयो चोर आयो ।।

me myself


आफैले  आफैलाइ
हामी  आफैले  आफैलाई  नासिहेछौँ
कतै रोगका किटाणु गासिरेछौँ,
हामी आफैले आफैलाई काटिरहेछौँ
राम्रा गुण अर्कैसँग साटिरहेछौँ,
हामी आफैले आफैलाई जोतिरहेछौँ
हलो नगाडि माटोमा के खोजिरहेछौँ
हामी आफैले आफैलाई सोधिरहेछौँ
ऊ कहाँ छ भनी खोजिरहेछौँ,
हामीले आफैले आफैलाई खाइरहेछौँ
भाको नभाको कुरा खेलाइरहेछौँ ।।

fast (hatar)


     हतार
कहिले हतार कहिले कतार
समयको अन्तरालमा,
   इतिहास लेख्ने पूर्खाहरु
   नदेख्ने भए दुःखहरु,
      रंगरोदन भर्ने पानामा
      परे भने के गर्ने थानामा,
कवि बोले लयको छन्दमा
अमुल भयो पेयको गन्दमा,
   कहाँबाट कहाँ बानिएका हातहरु
   समय र पलसँगै हानिएका लातहरु,
       लिएर शस्त्र चलाएका अस्त्र
       समयको भेलसँगै जलाएका वस्त्र,
समयको बल फलाएको फल
चोखो मिठो गंगाजीको जल ,।।

nature of husband


     लोग्नेको स्वभाव...
लोग्नेको जात स्वार्थीको साथ
केहि नपरे हात हिर्काउने लात
दिउँसमा कुरलने रातमा उर्लने
स्वास्नीलाई छोरी भन्ने मनपरी
गाली गर्ने रण्डी अलछिन्नी मोरी
लाली भर्ने सोझी भनी मन चोरी
स्वास्नी भन्दा लोग्ने अवशय तगडा
त्यही धन्दा हुने घरमा झगडा
कहिले मनमा पिर पलाउने कहिले रुवाउने
मनपरी जोडी नभएसी क्यार हो सुहाउने
मनमा चोट गालीको भोट थप्परको खोट
नारीको कोख भरेको हुने विषको बोट
पूजा गर्ने पतिलाई ईश्वरको भेषमा
न त ईश्वर न त मानव
बुझ्नै पर्छ अब दानव ,।।

Gulmeli (a poem)


  गुल्मेली
नेपालीको नेपाल पश्चिमको अञ्चल
लुम्बिनीको भ्रमण गुल्मेलीको चञ्चल ।
लहराछहरा हाँसी मुखी मुहार
खोल्सा र खोल्सि दुनियाका गुजारा ।

मायाका धनी प्रेमका खानी राजाका रानी
आएका हल्का पियका पलका बातका खानी ।
माना र पाथी ऐचोपैचो नाम्लो बेरेर बजार
हिडँेका साथि बोकेर लाठ्ठी भएर हजार ।

रेसुङ्गा अर्जुन छोएर हस्ती झुमेका बस्ती
ऋषी र मुनि विदेशी दोस्ती घुमेका अस्ति ।
नामैले चिनाउने सिमिचौर बनाउने
गा.वि.स. अरे ९वडा सजाउने ।

पुगेर आए दक्षिण लंका टुटेन पंखा
गुडेर या उडेर भ्याए सम्पूर्ण चर्खा ।
लम्केर विकट विकासमा आयो
धैर्य र धारण आश लाग्न लायो ।

बस्ती बसाइ घर हँसाऊ लगाएर बस्त्र
दोस्ती गराइ शान्ति सजाऊ भगाएर अस्त्र ।
शान्ति छाऊ दोस्ती बढाऊ सजाएर बोट
क्रान्ति आऊ खोष्टि उठाऊ लजाएर ओठ ।।

काल.. ( a poem about Yamraj)


      काल..
कहिल्य आउँछ काल,
अहिल्य आउँछ हाल ।
सबै भन्छन् आयो,
फेरि कता लायो ।
देख्न हेर्न नसकिने,
म किन झस्किने ।
सबै भन्छन् फेरि,
आउँन्न काल हेरी ।
वर्तमान भविष्य,
भूतकाल ३विषय ।
सुख दुख बराबरी,
लेख्दै छरे वरीपरी ।

Kabi (a poem about poet) / कवि


      कवि














कविता लेख्ने कविको चरित्र
हेर कस्तो रैछ   विचित्र,
रोएर देखेर वा हाँसेर
लेख्दा रैछन् शब्द गाँसेर ।

उडेको चरी घुमेको मन
सबै सरी झुमेको धन,
कवि भन्छन् हेर रवि
घाम उज्यालो दिने खुबी ।

कवि घुम्छन् सबै ढाक्छन्
जे देख्छन् महिमा हाक्छन्,
लक्ष्मी भानु मोतिराम
अन्य कति छन् नाम ।

यातना पाए कारागार गए
लेख्दा कवि बारम्बार रोए,
गरीबको व्यथा पूर्खाको कथा
माध्यम कविता सबको व्यथा ।
कविता भित्रै लेखे कानुन
सबै प्राणी वर्गले जानुन,
कविको बयान गरे यहाँ
नमान्नु कसैले दुःख क्या ।।

God look ! / ईश्वर हेर.


..ईश्वर हेर...
ईश्वर हेर एकफेर मान्छे भएर
कस्तो दर्दनाक
थाहाहोला कसरी बस्छन् मान्छे सहेर
...
महलमा बस्ने एश आराम गर्ने
तितिम्रा मात्र सनतती हुन् कि ?
घामपानी सहने पसिना पिउने
तितिम्रा को हुन् ?
जसले तिमलाई पुज्दै आए इश्वर भन्दै
उसलाई दण्ड दिनु कति उचित होला ?
यस्तो जीवन धान्ने जीउँने बाँच्ने के आधार,
थरीथरी विचारले जनता परे दोधार ।
सक्छौ भने सबलाई गासेर लैजाऊ,
यही जन्मभूमि माटो नै प्यारो खेलेर सजाऊ ।

two sides (दुईतिर), a poem)


दुईतिर

दाइ भने सरकारी सेनामा
भाइ भने माओवादी सेनामा
दुवै भाइले गरेको सेवा
कसले पाउँछ खै यसको मेवा

टोली गयो क्याप्टेन दाइको
भेट भयो पल्लोछेऊ भाइको
यस्तो रचे लडाइको जालपनि
कस्तो गरी आएको कालपनि

गोलि गयो भाइको छातीमा
फेरि गज्र्यो दाइको घाँटीमा ।
घामपानी सहने पसिना पिउने
तितिम्रा को हुन् ?
जसले तिमलाई पुज्दै आए इश्वर भन्दै
उसलाई दण्ड दिनु कति उचित होला ?
यस्तो जीवन धान्ने जीउँने बाँच्ने के आधार,
थरीथरी विचारले जनता परे दोधार ।
सक्छौ भने सबलाई गासेर लैजाऊ,
यही जन्मभूमि माटो नै प्यारो खेलेर सजाऊ ।


लाग्छ



लाग्छ
तिम्रो गितमा नाचुनाचु लाग्छ
भेटेर स्वर चुमुचुमु लाग्छ ।
तिम्रो त्यो नयनमा बसुबसु लाग्छ
नभेटिने नसिद्धिने दृष्य भरुभरु लाग्छ ।
तिम्रो त्यो जोवान साटुसाटु लाग्छ
सम्झेर थाल चाटुचाटु लाग्छ ।
तिम्रो त्यो आमा सासुसासु लाग्छ
तिम्रो लागि ज्यान मासुमासु लाग्छ ।
मेरो यो ज्यान मासुमासु लाग्छ .,।।



परोपकार (a poem)


..परोपकार..
पर+उपकार दुई शब्द मिलेको
परोपकार भनी संसारले चिनेको ।
मन वचन कर्म अरुकै निम्ति धर्म
विपद परेविपत्ति बुझ्दै हिड्छ मर्म ।

परोपकारी कहलिन्छ, उपकारमा तम्सिन्छ
अर्कैका लागि                 कुर्लिन्छ ।
विवेक बुद्धि पशु भन्दा         धेरै
समाज सेवा समायनिष्ठा गुण    धेरै ।

कि बोल्छ कि सुन्छ वा देख्छ
अनि अनुभूति सुख–दुःखका काट्छ ।
जुन परोपकार–पूण्य परपीडा सोच्दछ
जसले परार्थमा समर्पित अजम्बरी रोज्दछ ।।


Travel (the poem travel through Pashupatinath 'यात्रा.')


 ..यात्रा...
पाइला चाल्दा चाल्दै पशुपती आइयो,
मनमा भाको व्यथा सुटुक्क भन्न पाइयो ।
जताततै लथालिङ्ग पखालिएको रंग,
फोहरपति भाको देख्दा म त परे दंग ।
धुम्रपान मध्यपान देख्नु देखियो,
साच्चै शिव भाको झुक्नु झुक्कियो ।
हरहर पानी भन्दै जीउमा पानी पारे,
के थाहा तिनलाई अस्पतालमा सारे ।
केटाकेटी बुढाबुढी लाशको यात्रा भो,
हामी जनता जर्नादन बोल्न कहाँ भो ।
कोहि भन्छन् पशुपति बाँदरको बस्ती,
हामी सारा जनता उनीहरुका हस्ती ।
झुम्दा रहेछन् मान्छे नि सारा शरीर जल्दा,
सम्झे होलान् कतिले आफ्नो शरीर पोल्दा ।
देशीविदेशी रमाइ फोटो खिची भर्ने,
त्यही फोटो बेचिकन बोतल नि भर्ने ।
मनशाय सबको पैसा आर्जन,
जे गरेनी व्यपार फस्टाऊ साजन ।
मिठामिठा सूरिला भजन सुन चुड्का,
हुदाँहुदाँ हरिका वजन नाप्न भुड्का ।
थरीथरी ठाउँ मानिस मर्दा जलाउने,
पूजाको फुलसँगै शेष नी सेलाउने ।
यही रिती यही तिथी मान्छे सिद्धाउने,
ढोगप्रणाम पण्डित बोलाइ गिज्याउने ।
यो नै हो रचना   अन्त्य यात्राको,
शिवरात्री नजिकै देखिने सभ्य जात्राको ।



student (poem विद्यार्थी)

         विद्यार्थी
सलाइ चुरोट खल्तीमा लुकाए हिड्यौ
कापी कलम पेन्सिल छाडी बाइस्कोपमा छिर्यौ ।
मोबाइलफोन मात्र कहाँ होर एयरफोनमा धायौ
केटाले केटी केटीले केटा हेर्न तर्फ लायौ ।
महंगी–महंगी मोबाइल फोटो खिच्न थाल्यौ
फोटा भित्रै भएपनि म्वाई खान पायौ ।
शिक्षक आउँछ पढाउन थाल्छौ तिमी कराउँन
पढ्ने भन्दा पढाउन लाग्छौ तिमी अराउन ।
मस्तीमस्ती गरेर बोल्छौ होला झस्केर
रिजल्ट आउँदा तिमी जल्छौ होला चस्केर ।
पढाइ तिम्रो बि.ए.पास के गर्छौ र काम ?
छैन गएको क्याम्पस कसरी आयो नाम ।।

stage of person/ मान्छेको जुनी...




मान्छेको जुनी...
सत्य त्रेता द्वापर कली
चारै युगमा रगत खोली,
जान्दिन म भन्दिन पनि
कस्तो हुन्छ मान्छे जुनी,
जन्मायो हुर्कायो पढायो
जागिर कता हरायो,
काम खाम अनि दाम
जीउँदै रहँदा होनि नाम,
काट्यो मा¥यो जलायो
मान्छे भन्ने हरायो,
सत्य सत्त त्रेतामा ऋषि
द्वापर मध्यम कलीमा विषि,
बाचुन्जेल राम नाम
मरेपछि जाम राम,
स्वर्ग मत्र्य पातल अनि
वैकुण्ठ धाम कैलाश पनि ,।



(उसको नाम) or his name


उसको नाम
छैन दाम, काम संसारमा जाम
भित्रभित्रै बिगारने छैन बाहिर नाम
खेतीपाती स्याहार्ने छैन कुनै काम
साहुले नै खाइदियो छैन हाम्रो नाम
इज्जेत र बेइजेतमा कमाएका दाम
कसले बेच्ला यिनीहरुका नाम
जहाँ गयो जुन काम
बन्ने रहिछ दिए खाम
जसले जान्यो, ख्वायो उसको बडा नाम
जिन्दगी जीवनमा नगर्नुपर्ने कडा काम
दुनियामा जन्म भए कति यस्ता नाम
सयौ चेली बिगारेर पति जस्ता नाम
को जन्मेला खै, यिनलाई पार्न जाम
कहाँ भेटिएला के होला उसको नाम
सत्य त्रेता द्वापरमा कयौ जन्मे नाम
पुज्ने भए कलीमा यीनकै अब नाम
भाग्ला कतै सामन्ति बोकेर नाम
बिच बाटोमै छेकिदेऊ हे श्रीराम
येशु बुद्ध कृष्ण मोहमद कति लियौ नाम
जे भनेनी एउटै प्रभु तिम्रो काम ।।

Poem - Comparision (तुलना)


   तुलना

गायनको रन्को त्यो पटुकीको फन्को
बोलाइ हाले नबोल्ने बाटुलीको दन्को
नयनको चाल त्यो ओठको ताल
घोलाइ हाले नघोल्ने मोठको जाल
रहेन माल त्यो फुस्किएको बाल
गोलाइका गाल तिम्रा पस्किएका थाल
भएन पाल त्यो ओढाइको झाल
भूलाइको भूल तिम्रो जोडाइको छाल
गएन भाल त्यो टुटाएको तार
खोलाइको पोल तिम्रो लुटाएको कार
भयो नि नाल त्यो हुर्काएको झार
पेलाइको कोल तिम्रो तर्काएको धार ।।

grandmother yours (आबै तिम्रा)


....आबै तिम्रा...

आबै उही तिम्रा सन्तानहरु
वर्तमाने कलियुगका छोराछोरीहरु
यो सुन्दर सिङ्गो नेपाल भित्र
फुस्रा चिल्ला कुरा गर्नेहरु
आबै नक्सा परिधी घेरा भित्र
नामर्द कहलिए मर्द नाप्नेहरु
कस्तो स्वार्थी, कस्तो निष्ठुरी
एउटै कोखबाट जन्मेका फेरि
आबै तिम्रा छोराहरु
रुपै रुपमा राक्षसहरु
कलंक हुन्, एउटा सिङ्गो राष्टका
टुक्राउँछु देश भन्ने देशद्रोही भष्टका
होला अध्यारो, सुक्लान् ओठ गाला
आबै तिम्ले सिएको अल्झिदाँ माला ।

ढाका टोपीमा म (जोगाऊ संस्कृति)


प्रधानमन्त्रीको निर्वाचन हुने मिति तय हुनु। शुक्रबार (Friday) माधवकुमार नेपाल प्रधानमंत्री (Prime minister) बन्ने पक्का पक्की हुनु। यो विषय (Subject/matter) हाम्रो देशको राजनितीक (Politics) तथा सरकार (Government) गठन प्रक्रिया (System) थियो। संयोग भनौ वा संजोग माधवकुमार प्रधानमंत्रीमा नियुक्त भएको अर्को दिन आइतबार म शीरमा ढाका टोपी (Dhaka Cap/ Nepali cap) पहिरी क्याम्पस (College) तर्फ लागे। हुन त म आफैलाई पनि नौलो लागिरहेको थियो। किनभने यस भन्दा पहिले म ढाका टोपी लगाईं क्याम्पस गएको थिएन। तर म टोपी नलगाउने चाँहि होइन। बाटोमा (road) हिड्दा सबैको नजर (looks) म तर्फ थिए। जब म क्याम्पस गेट नजिक पुगे, सबैले बधाई (congratulation), प्रधानमन्त्री माधवकुमार नेपाल (Madhav Kumar Nepal), जस्ता विभिन्न शब्दले पुकारे (praying)। म सबैको यूनिक (Unique), अनौठो (Strange), अजीव, कुनै नौलो प्राणी (Animal) जस्तै हुन पुगे। विद्यार्थिहरू यसभन्दा पहिले कहिले पनि नेपाली ढाका पहिरेको मानिस नदेखे जस्तै ग़रे। उनीहरु जिस्काउन सक्ने जिस्काए, भन्न सक्ने भने। कतिले माधवकुमार समर्थक रैछ्स भने, कतिले ने. वी. संघ. को मान्छे जी. पि. बाबु प्रस्तावक यसले समर्थन नगर्ने त कुरै भएन भन्ने जस्ता कुराहरु गरे।
तर मलाई दुख अचम्म लाग्यो कि कसैले पनि सकारात्मक (positive) तरिकाले हाम्रो संस्कृति (Culture), पहिचान (Identity) जोगाउन (Protect) लागेको भनेर भनेनन। यर्थाथमा (Fact) हामी नेपाली वर्ग (caste) आफै आफ्नो पहिचानालाई कसरी कति उल्लु, फंटुस, ठट्टा (Joke/fun), गुडिया (Doll), नपुंसक (Non-living beings) शैलीको रुपमा प्रयोग गरेका रैछ्यौ भन्ने बुझ्न सकिन्छ जस्तो लाग्छ। तर यर्थाथमा म हामी नेपाली थियौँ, हौँ र हुनेछौ भन्ने बुझ्नुपर्थ्यो जस्तो लाग्छ। अर्को कुरा म मधावकुमार लाई दुई खुट्टे (pair of legs), दुई हात, एक मुख (Mouth) र अन्य पाटपूर्जा (instruments) भएको हामी संपूर्ण साधारण (simple) मानव (Human) जस्तै लाग्छ। मैले भेटेको छैनन, त्यसकारण (therefore) उहाँ पनि जस्तो अरु नेता उस्तै (same) हो। भन्छ्न्नी (saying) "जति जोगी आएपनि कानै चिरेको" हो यस्तै हो मेरो लागी पनि, सायद तपाईको लागी पनि।
अर्को अर्थमा अहिले प्रधानमन्त्री बन्ने प्रक्रिया निर्वाचनका उम्मेदवार, प्रस्ताबक, समर्थक, प्रति पूर्ण असहमत (diagree) छू। किनभने हारेको, फेल प्रमाणपत्र पाइसकेको व्यक्ति कुनै परिश्रम बिना, फेरी पास हुन परीक्षादिनुपर्ने तर परीक्षा बिना (without), सोझै सहमति भन्दै पास भएको अर्थ लगाइदिदाँ। मेरो यस भनाइले अब कुनै अर्थ नराखे पनि दुःख लाग्छ यस्तो पाठ हामी भाविष्यका (the future) सन्तानलाई (Children) पढाइदिदाँ। अन्त्यमा ढाकाटोपी लगाउनु हाम्रो गौरव, पहिचान, संस्कृतिको प्रतिक (symbol) हो। अझगर्मियाममा टोपीलेशीतलता (cool) प्रदान गर्छ भनिन्छ। जोगाऊ (save) संस्कृति (culture) नबनाऊ (do not make) विकृति (A fashionable )……………॥..........
Save The Cultures, Do not make as A Fashion (Nontraditional).