Tuesday, March 25, 2014

सबेर हुदैछ

सबेर हुदैछ 
उज्यालो बढ्दै छ
समयले दिउँसो कुर्दै छ
सूर्य घाम दिदैछ
चन्द्रमाले आकार छोड्दैछ
सबै केटाकेटी उठ्दैछन्
घरकी बुढी कराउँदै छिन्
बाख्राका पाठा दौडिदैछन्
मालिक नुहाउँदै छन्
पानी पधेरा मा भिडभाड बढ्दैछ
कृषक दुध तरकारी बजार पुराउँदैछन्
हतार हतार स्कुले विद्यार्थी गृहकार्य भ्याउँदैछन्
टाढा पुग्ने माइति आएकी चेली पोपन्तरो तहपार्दै घर लाग्दैछिन्
सधै जसो पण्डितले शंख बजाउँदैछन्
मेला जाने खेतालाले नाम्लो खोज्दैछन्
हलिया दाई ले हलो बोक्दैछन्
गोठका गरु फुक्दैछन्
तल्लो पाटो बाँझो जोत्नलाई
पल्लारेले अस्ति छरेको
गहुँ बाली टुसा झिक्दै छिन्
दिनै पिच्छे गाई की बाच्छी
हुर्किदै बढ्दैछिन्
शहर गएका मुखिया बा 
गाउँ आउँदैछन्
बाहुन बा ले लाएको धोती
भुइ छुदैछ 
दिल्ली बाट लाहुरे साइला दाईले लिएको कोशेली
गाउँभर बाँडिदैछ
बल्ला घरकी लाहुरेनीले 

चोलो देखाउँदैछिन्
पधेँरीनिले त्यही चोलोको बयान गर्दे छन्

Wednesday, March 12, 2014

विदेशीएको मान्छे म

बिहेकै दिन सुहागरात हुन नपाई हिडेको त्यो क्षणको मान्छे म
के थाह कति माया गथ्र्यो भन्ने भन्नै नपाइ विदेशीएको मान्छे म
आँशुका बिटा खसालेर उनले रुदै गर्दा त्यो देश त्यो गाउँमा
पुछु भने झरेका आँशु पुछ्न नसक्ने टाढा टाढा सरेको मान्छे म
दुखै दुख यो जवानी अनि त्यो जवानी हामी हाम्रो छेऊ
कुन दैव कुन ग्रहले फलादेश गरी भाग्य लेखिदिएको मान्छे म
आज यस्तै म खाडी अनि उनका आँखा गहभरी आँशु
यो अर्केको देश रुनु पनि हाँसेर कति रोएको मान्छे म
त्यस्तै थिए होला उनका मेरा उब्जिने माया धरोहर
थाह छैन कति टाढा कति नजिक जहाजले ल्याएकोे मान्छे म
उनी टाढा धेरै टाढा कुन हो शहरगाउँ थाह छैन अर्के देशको मान्छे म
कस्ती होलिन उनी कठै सिन्दुर सजाएको मात्र हो
उनका सपना मेरै कारण मैले आफै जलाएको मान्छे म
.....साहित्य संग्रह... Sahitesangra Blogspot

Tuesday, March 11, 2014

गाई की सानि


धर्ती बाँकी छैन होला कुल्चिी भ्याएर
बडो शक्तिशाली छिन् त दौडी उफ्री चारैतिर
सकिएन कहिले पनि अल्झन अल्झाएर
गाउँ भरी रमिते छ यिनको नाचले
कोहि पनि अघि छैन जित्ने  जाँचले
असली त गाई की सानि मित लगाइन्
एउटै बच्ची हो जसको
ठूला ठूला मै हुँम भन्नेलाई बैतर्नी  तराइन्
आज पनि उनहिरु यिनलाई  सराए
गंगा भन्ने नदी पनि मनै पराए
जस्तो सुन गालेर गहना बनाए
बिग्रेका नि सोझिएर लहना जनाए

Sunday, March 9, 2014

साहित्य संग्रह

आज सबै पाए जस्तो लाग्यो
आज सबै गुमे जस्तो लाग्यो
खै ऊ मेरो भन्नेले दिल तोडे जस्तो लाग्यो
फेरि अर्कैले यो दिल जोडे जस्तो लाग्यो
  1. सीतहरण बखतको जटायु पनि हामी बन्न सकेनौ
  2. सोझासाधा जनताको रोजिरोटी खोसे छौ नि
    भाको अर्ति उपदेश त विदेशी लाई बेचेछौ नि
    1. हिजो पनि ठगिए आज पनि ठगिए,
      किन किन तम्सिन्छ यो धर्तीमा विश्वासघातीहरु
      नचिनेको भनौ भने कसलाई दोष लगाऊ
      अनि आफै पन्छिएको भाव हुन् जुन कसलाई बताऊ
      सात समुन्द्र पार गरौ तर किन भागौ
      बेला बखत तर्साइ रहने यस्ता हजारिया के गरौ
      आफै आफै सवालहरु उत्पन्न हुन्छ
      खै कसरी व्यवस्थित पारी अन्त सरौ
      दूनियाको ओइरो पनि मै माथि बज्रपात भयो
      यो सुखी भन्ने त थिएन आखिर दुख माथि दुख खप्टि आयो
      सुनाऊ कसलाई यहाँ सुनिदिने मात्र छन्
      निर्णय त गर भन्छन् तर सहमति का कुरा गर्छन्
      माथि माथ दुखिरहनछ टाउकै ठोक्ने जस्तो
      कहिलै भान थिएन कस्तो हो यो के ? ..........


    2. सहयात्रा गर्नु धेरै छ सँग सँगै
      एकै दिन बाँच्नु थियो भने किन सवाल गर्थे धेरै
      रमझम मस्तै मस्त सुख चयन मा रम्थे होला
      तर यी त सब छोडेर दुःख किन रोजि रोजि रोज हिड्थे होला

Sahitesangra Blogspot


Sahitesangra Blogspot
उपल्लो तम्घास टेक्दैमा पल्लो बाटो फेरो छ त्यो मुखले भन्दै गरेको
अहिले पनि निर्यासो ताजै छ सुरिलो स्वरले वल्लो जाऊ भनेको 
जाँदा जाँदै बाटोमा पिपल गेडि किनेको
सयको नोट साटेर रिबन जेरी किनेको 
सबले देख्छ भनेर पछ्यौरी बेरी दिनेको
यादै आज आको छ मम्मफुली खानेको
गफैगफमा त्यो लामो पाइलो सार्दे जानेको
कति चोटी फिलीम हल हाफ टाइममा पुगेको

आज पिउन बाध्य बनायौ ।

बस हो भने तमघास काठमाडौँ पुग्ने बेला भयो अनि पेलेन हो भने अमेरिका फर्कि आउने बेला भयो ।
हैन तिमी चाहीँ कुन ठाउँ होर मेरो कुराइ त बस हो भने तमघास काठमाडौँ पुग्ने बेला भयो अनि पेलेन हो भने अमेरिका फर्कि आउने बेला भयो ।
कति जनालाई सोधु कति बज्यो भनी । आफ्नो घडी यर्थाथ भए पनि पत्यार नलागेपछि ।
खै भोलि सबेर हुने हो वा तिमी आखिर नआउने ने निधो ग¥यौ
। निलगीरी अनि बसपार्क कताको होटेल बुक गरौ । कुन डाँडा लागु वा म पनि तिमी जस्तै निष्ठुर बनु । साँच्चे आजै बल्ल शंका पो लागन थाल्यो अनि मनमा विभिन्न तरंग फैलिन बाध्य भए ।

तिमी त खै कुन बाटोमा छ्यौ । खै कसले बाटो रोक्यो
। यत्रो समय म त आँखै परेली नझिम्काइ हेरिरहे । अझ भनौ भने माइकास्थान मन्दिर साँचि राखि कति त कसम खाइए होलान् ती मनै लाई थाहा होला अथवा जान्ने सुन्ने ज्वोतिषले बताऊला हैन भने त्यो माथि सूर्य अनि यो हावा बहने ले भाकामा गाएर जाला ।
यही एउटै कारण होला मानिस कुलतमा फस्ने खै चुरोट तान्दै नतान्ने मान्छेलाई पनि आज पिउन बाध्य बनायौ ।

क्रमश....

साहित्य संग्रह

अस्तु रहला भनी हावा ल्याई उडायौ कता कता
त्यही पनि बस्ने बास लुट्यौ हरायो कता कता
निष्ठुर अति अधिपति बन्यौ नचाहिने जस्तै हामी भयौ
जति खोज तलाश गर्दा पनि बाङ्गिएर नारिएर हिड्यौ
गल्ती के नैथियो लतकाएर आखिर तर्कि हिड्नुपर्ने
साँच्चै घिऊ कुकुरलाई नपचेको हो र

क्रमश....
सम्पादन नगरिएको

खबर आयो

साहित्य संग्रह
डाँडैको बतास तमघासमा झर्दा के खबर आयो दौडेर जान्थे सिमीचौर बाट
भनभने भिर पार गर्दा त्यो खबर गयोे भनेर थाह भो अर्जुन हुलाकी चिदीचौरबाट
पारी हेरे देखियो हक्ने छहरा वारी हेरे देखियो देउराली शहर
ठाडो लाए नजर देखिएन अर्जुनको शिर जहाँ थिए त्यहाँ को भेद बाट
अक्कनबक्क थिए के गरौ कसो गरौ फर्की जाउँ वा गन्तव्य धाउ
उही झिमझिम परेली झिम्कीरहे मुहार माथि नयनकी गाउँबाट
ढाकाटोपी शिरैको झर्न थाल्यो शिरबाट धर्ती ओगट्ने रहरले
आपत पर्यो विपत पर्यो सर्दा सर्दा गोरेटोे छेउ पाइला अडिने जौरबाट

Saturday, March 8, 2014

अबला संविधानका

दुनिया सँग लड्न नसकेर अहिले त्यो अबला संविधानका एक एक धारा मा भिड्न थालेका छौ
हिमाल हिमाल एउटै खाले उस्तै शब्दमा पनि तिमीले फरक हुन् पनि खैरो काँढेका छौ अनि तिम्रो हिमाल अनि हाम्रो हिमाल भनेका छौँ ।

Tuesday, March 4, 2014

मन छ

मलाई त के तिमी रोएको हेर्नी मन छ
त्यो पारी डाँडै तिजुवार छली गएको देख्नी मन छ
तल तल खोली बगदा त्यही तरेको सुननी मन छ
तिमी धेरै जाली छौ भनेर कागज डायरी भर्नी मन छ
रेसुगां अर्जुन जस्ते टाढै बस्नी मन छ
रेडियो भुकेर चिदिचौर बसने बास तोड्नी मन छ