Sunday, March 9, 2014

खबर आयो

साहित्य संग्रह
डाँडैको बतास तमघासमा झर्दा के खबर आयो दौडेर जान्थे सिमीचौर बाट
भनभने भिर पार गर्दा त्यो खबर गयोे भनेर थाह भो अर्जुन हुलाकी चिदीचौरबाट
पारी हेरे देखियो हक्ने छहरा वारी हेरे देखियो देउराली शहर
ठाडो लाए नजर देखिएन अर्जुनको शिर जहाँ थिए त्यहाँ को भेद बाट
अक्कनबक्क थिए के गरौ कसो गरौ फर्की जाउँ वा गन्तव्य धाउ
उही झिमझिम परेली झिम्कीरहे मुहार माथि नयनकी गाउँबाट
ढाकाटोपी शिरैको झर्न थाल्यो शिरबाट धर्ती ओगट्ने रहरले
आपत पर्यो विपत पर्यो सर्दा सर्दा गोरेटोे छेउ पाइला अडिने जौरबाट

No comments:

Post a Comment