Wednesday, August 27, 2014

हार्दिक मंगलमय शुभकामना


हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।

Thursday, April 17, 2014

रेसुङ्गा धाम तपोवन हाँगा हाँगामा


रेसुङ्गा अर्जुन भन्दैछन् कयौ बास बसे यो हाम्रो काख पाखामा
सबै चिनेकै मुहार नचिनेका पनि बसे सब यो दिलको आखाँमा

आउँदै जाने सबै लान्छन् अपरम्म माया अनि मन मुटुका कोशहरु
यो दृष्य हाम्रो भरीकन ती नजर अनि ती त्यो दिलको आखाँमा

सवाल धेरै हुन्छन् तर उही सवालले दिन्छ जवाफ समय रफ्टारमा 
यो हाम्रो काखै शुद्ध पवित्र गंगा निर्जल रेसुङ्गा धाम तपोवन हाँगा हाँगामा

बतास चल्यो त भँगेरी स्वागतका गित गाउँछन् लोक लय समाति
चुच्चे चिरबिर चिरबीर ओठमा अतिथि देवो भवः गुञ्जीयो छहरा छाँगामा

यही त रहिछ लाखौ लाख तिरेनी नभेट्ने विदेशीले आफ्नो देश रसमा
जब देखे संसारकै सुन्दर सृष्टि यो थलो विदेशी नि खुशी भए स्वर्ग पर्दा आँखामा

Sunday, April 13, 2014

नव वर्ष २०७१ सालको शुभकामना


२०७० ले गन्तव्य चुम्दै गर्दा २०७१ ले चाल्ने हरेक पाइलाहरु
ठिक सहि समयमा तन्दुरुस्त तवरले अघि बढ्न सकोस् ।
जस्तो संविधान को आयु थपे जस्तो २०७१ को आयु थप्न नपरोस् ।
यही छ हाम्रो तिम्रा लागि नव वर्ष २०७१ सालको शुभकामना ।

Happy New Year 2071


Photo: बितेका पल जस्तरी बिते, तर आउने पलले रमणिय त्रान्ति छाओस् यही छ हाम्रो तिम्रा लागि नव वर्ष २०७१ सालको शुभकामना

Monday, April 7, 2014

नव वर्ष २०७१ सालको शुभकामना

सबको भलो होस् सबको जय होस् श्रृष्टि शान्तिको होस
यही छ हाम्रो तिम्रा लागि नव वर्ष २०७१ सालको शुभकामना









उटपट्याङ् खाडलहरु घाम लाग्दा धुलैधुलो वर्षातमा हिलैहिलो 
त्यसता बाटाले आउँदा दिनमा स्थिीरता प्रदान गरोस् 
यही छ हाम्रो तिम्रा लागि नव वर्ष २०७१ सालको शुभकामना








संविधानमा बाँझिने १–१ शब्द, तिनले अल्झाउने जालोले पार पाओस्
यही छ हाम्रो तिम्रा लागि नव वर्ष २०७१ सालको शुभकामना








Sahitesangra Blogspot
मैले खाँदै गरेको कोदोको झोलले विश्राम लेओस्
यही छ मेरो मेरा लागि नव वर्ष २०७१ सालको शुभकामना









बितेका पल जस्तरी बितेपनि आउने पल रमणिय होस्
यही छ हाम्रो तिम्रा लागि नव वर्ष २०७१ सालको शुभकामना

Thursday, April 3, 2014

हिन्दु

तुलसी जाग्यो मठैमा मञ्जरी त्यसकै बोटमा
हिन्दु भन्ने रहिरहोस् नेपाली सबै ओठमा

साहित्य संग्रह

माया गरी ममता छर्छु भन्दा आज किन सुम्सुमाउन गाह्रो
तिम्रै नजिक सर्छु भन्दा आज किन खुट्टा घुमाउन गाह्रो
लतपतिएका ओठ समाल्छु भन्दा आज किन तलमाथि जुटाउन गाह्रो
सुस्केरा हालि बोलाउँछु भन्दा आज किन धुन सुनाउन गाह्रो

शान्ती श्री बुद्ध

विश्वमा चर्चित हामी हाम्रो हिमाल तराई पहाड
जहाँ गएनी शान्ती श्री बुद्ध भन्न डराउँदिन

स्वर्ग तुल्य छ देश (Nepal)


स्वर्ग तुल्य छ देश अनि यो मेरो माटो
म त विदेश गएर हातगोडा खियाउँदिन
दिनभरमा एकै गाँस मुखमै परोस्
तर सित्तैमा दिएको आफू खान्न बाल बच्चा लाई खुवाउँदिन
परिश्रम श्रम गर्छु ईश्वरले दिएकै छन्
एक दिन मेरो पनि पालो आउँला ठगेर त खादै खाँदिन

Tuesday, March 25, 2014

सबेर हुदैछ

सबेर हुदैछ 
उज्यालो बढ्दै छ
समयले दिउँसो कुर्दै छ
सूर्य घाम दिदैछ
चन्द्रमाले आकार छोड्दैछ
सबै केटाकेटी उठ्दैछन्
घरकी बुढी कराउँदै छिन्
बाख्राका पाठा दौडिदैछन्
मालिक नुहाउँदै छन्
पानी पधेरा मा भिडभाड बढ्दैछ
कृषक दुध तरकारी बजार पुराउँदैछन्
हतार हतार स्कुले विद्यार्थी गृहकार्य भ्याउँदैछन्
टाढा पुग्ने माइति आएकी चेली पोपन्तरो तहपार्दै घर लाग्दैछिन्
सधै जसो पण्डितले शंख बजाउँदैछन्
मेला जाने खेतालाले नाम्लो खोज्दैछन्
हलिया दाई ले हलो बोक्दैछन्
गोठका गरु फुक्दैछन्
तल्लो पाटो बाँझो जोत्नलाई
पल्लारेले अस्ति छरेको
गहुँ बाली टुसा झिक्दै छिन्
दिनै पिच्छे गाई की बाच्छी
हुर्किदै बढ्दैछिन्
शहर गएका मुखिया बा 
गाउँ आउँदैछन्
बाहुन बा ले लाएको धोती
भुइ छुदैछ 
दिल्ली बाट लाहुरे साइला दाईले लिएको कोशेली
गाउँभर बाँडिदैछ
बल्ला घरकी लाहुरेनीले 

चोलो देखाउँदैछिन्
पधेँरीनिले त्यही चोलोको बयान गर्दे छन्

Wednesday, March 12, 2014

विदेशीएको मान्छे म

बिहेकै दिन सुहागरात हुन नपाई हिडेको त्यो क्षणको मान्छे म
के थाह कति माया गथ्र्यो भन्ने भन्नै नपाइ विदेशीएको मान्छे म
आँशुका बिटा खसालेर उनले रुदै गर्दा त्यो देश त्यो गाउँमा
पुछु भने झरेका आँशु पुछ्न नसक्ने टाढा टाढा सरेको मान्छे म
दुखै दुख यो जवानी अनि त्यो जवानी हामी हाम्रो छेऊ
कुन दैव कुन ग्रहले फलादेश गरी भाग्य लेखिदिएको मान्छे म
आज यस्तै म खाडी अनि उनका आँखा गहभरी आँशु
यो अर्केको देश रुनु पनि हाँसेर कति रोएको मान्छे म
त्यस्तै थिए होला उनका मेरा उब्जिने माया धरोहर
थाह छैन कति टाढा कति नजिक जहाजले ल्याएकोे मान्छे म
उनी टाढा धेरै टाढा कुन हो शहरगाउँ थाह छैन अर्के देशको मान्छे म
कस्ती होलिन उनी कठै सिन्दुर सजाएको मात्र हो
उनका सपना मेरै कारण मैले आफै जलाएको मान्छे म
.....साहित्य संग्रह... Sahitesangra Blogspot

Tuesday, March 11, 2014

गाई की सानि


धर्ती बाँकी छैन होला कुल्चिी भ्याएर
बडो शक्तिशाली छिन् त दौडी उफ्री चारैतिर
सकिएन कहिले पनि अल्झन अल्झाएर
गाउँ भरी रमिते छ यिनको नाचले
कोहि पनि अघि छैन जित्ने  जाँचले
असली त गाई की सानि मित लगाइन्
एउटै बच्ची हो जसको
ठूला ठूला मै हुँम भन्नेलाई बैतर्नी  तराइन्
आज पनि उनहिरु यिनलाई  सराए
गंगा भन्ने नदी पनि मनै पराए
जस्तो सुन गालेर गहना बनाए
बिग्रेका नि सोझिएर लहना जनाए

Sunday, March 9, 2014

साहित्य संग्रह

आज सबै पाए जस्तो लाग्यो
आज सबै गुमे जस्तो लाग्यो
खै ऊ मेरो भन्नेले दिल तोडे जस्तो लाग्यो
फेरि अर्कैले यो दिल जोडे जस्तो लाग्यो
  1. सीतहरण बखतको जटायु पनि हामी बन्न सकेनौ
  2. सोझासाधा जनताको रोजिरोटी खोसे छौ नि
    भाको अर्ति उपदेश त विदेशी लाई बेचेछौ नि
    1. हिजो पनि ठगिए आज पनि ठगिए,
      किन किन तम्सिन्छ यो धर्तीमा विश्वासघातीहरु
      नचिनेको भनौ भने कसलाई दोष लगाऊ
      अनि आफै पन्छिएको भाव हुन् जुन कसलाई बताऊ
      सात समुन्द्र पार गरौ तर किन भागौ
      बेला बखत तर्साइ रहने यस्ता हजारिया के गरौ
      आफै आफै सवालहरु उत्पन्न हुन्छ
      खै कसरी व्यवस्थित पारी अन्त सरौ
      दूनियाको ओइरो पनि मै माथि बज्रपात भयो
      यो सुखी भन्ने त थिएन आखिर दुख माथि दुख खप्टि आयो
      सुनाऊ कसलाई यहाँ सुनिदिने मात्र छन्
      निर्णय त गर भन्छन् तर सहमति का कुरा गर्छन्
      माथि माथ दुखिरहनछ टाउकै ठोक्ने जस्तो
      कहिलै भान थिएन कस्तो हो यो के ? ..........


    2. सहयात्रा गर्नु धेरै छ सँग सँगै
      एकै दिन बाँच्नु थियो भने किन सवाल गर्थे धेरै
      रमझम मस्तै मस्त सुख चयन मा रम्थे होला
      तर यी त सब छोडेर दुःख किन रोजि रोजि रोज हिड्थे होला

Sahitesangra Blogspot


Sahitesangra Blogspot
उपल्लो तम्घास टेक्दैमा पल्लो बाटो फेरो छ त्यो मुखले भन्दै गरेको
अहिले पनि निर्यासो ताजै छ सुरिलो स्वरले वल्लो जाऊ भनेको 
जाँदा जाँदै बाटोमा पिपल गेडि किनेको
सयको नोट साटेर रिबन जेरी किनेको 
सबले देख्छ भनेर पछ्यौरी बेरी दिनेको
यादै आज आको छ मम्मफुली खानेको
गफैगफमा त्यो लामो पाइलो सार्दे जानेको
कति चोटी फिलीम हल हाफ टाइममा पुगेको

आज पिउन बाध्य बनायौ ।

बस हो भने तमघास काठमाडौँ पुग्ने बेला भयो अनि पेलेन हो भने अमेरिका फर्कि आउने बेला भयो ।
हैन तिमी चाहीँ कुन ठाउँ होर मेरो कुराइ त बस हो भने तमघास काठमाडौँ पुग्ने बेला भयो अनि पेलेन हो भने अमेरिका फर्कि आउने बेला भयो ।
कति जनालाई सोधु कति बज्यो भनी । आफ्नो घडी यर्थाथ भए पनि पत्यार नलागेपछि ।
खै भोलि सबेर हुने हो वा तिमी आखिर नआउने ने निधो ग¥यौ
। निलगीरी अनि बसपार्क कताको होटेल बुक गरौ । कुन डाँडा लागु वा म पनि तिमी जस्तै निष्ठुर बनु । साँच्चे आजै बल्ल शंका पो लागन थाल्यो अनि मनमा विभिन्न तरंग फैलिन बाध्य भए ।

तिमी त खै कुन बाटोमा छ्यौ । खै कसले बाटो रोक्यो
। यत्रो समय म त आँखै परेली नझिम्काइ हेरिरहे । अझ भनौ भने माइकास्थान मन्दिर साँचि राखि कति त कसम खाइए होलान् ती मनै लाई थाहा होला अथवा जान्ने सुन्ने ज्वोतिषले बताऊला हैन भने त्यो माथि सूर्य अनि यो हावा बहने ले भाकामा गाएर जाला ।
यही एउटै कारण होला मानिस कुलतमा फस्ने खै चुरोट तान्दै नतान्ने मान्छेलाई पनि आज पिउन बाध्य बनायौ ।

क्रमश....

साहित्य संग्रह

अस्तु रहला भनी हावा ल्याई उडायौ कता कता
त्यही पनि बस्ने बास लुट्यौ हरायो कता कता
निष्ठुर अति अधिपति बन्यौ नचाहिने जस्तै हामी भयौ
जति खोज तलाश गर्दा पनि बाङ्गिएर नारिएर हिड्यौ
गल्ती के नैथियो लतकाएर आखिर तर्कि हिड्नुपर्ने
साँच्चै घिऊ कुकुरलाई नपचेको हो र

क्रमश....
सम्पादन नगरिएको

खबर आयो

साहित्य संग्रह
डाँडैको बतास तमघासमा झर्दा के खबर आयो दौडेर जान्थे सिमीचौर बाट
भनभने भिर पार गर्दा त्यो खबर गयोे भनेर थाह भो अर्जुन हुलाकी चिदीचौरबाट
पारी हेरे देखियो हक्ने छहरा वारी हेरे देखियो देउराली शहर
ठाडो लाए नजर देखिएन अर्जुनको शिर जहाँ थिए त्यहाँ को भेद बाट
अक्कनबक्क थिए के गरौ कसो गरौ फर्की जाउँ वा गन्तव्य धाउ
उही झिमझिम परेली झिम्कीरहे मुहार माथि नयनकी गाउँबाट
ढाकाटोपी शिरैको झर्न थाल्यो शिरबाट धर्ती ओगट्ने रहरले
आपत पर्यो विपत पर्यो सर्दा सर्दा गोरेटोे छेउ पाइला अडिने जौरबाट

Saturday, March 8, 2014

अबला संविधानका

दुनिया सँग लड्न नसकेर अहिले त्यो अबला संविधानका एक एक धारा मा भिड्न थालेका छौ
हिमाल हिमाल एउटै खाले उस्तै शब्दमा पनि तिमीले फरक हुन् पनि खैरो काँढेका छौ अनि तिम्रो हिमाल अनि हाम्रो हिमाल भनेका छौँ ।

Tuesday, March 4, 2014

मन छ

मलाई त के तिमी रोएको हेर्नी मन छ
त्यो पारी डाँडै तिजुवार छली गएको देख्नी मन छ
तल तल खोली बगदा त्यही तरेको सुननी मन छ
तिमी धेरै जाली छौ भनेर कागज डायरी भर्नी मन छ
रेसुगां अर्जुन जस्ते टाढै बस्नी मन छ
रेडियो भुकेर चिदिचौर बसने बास तोड्नी मन छ

Tuesday, February 25, 2014

मै मरी गएको

आजै देखे सपनी मै मरी गएको
त्यही पर बाँसघारी बाँसै काटिरहेको 
याद यादै ताजा छ छर्लगं भइ रोएको
मलाई मात्र बञ्चरो उदाइ धाएको

कसतै भएनि ती हतकेला धार्ने परी आएको
बिलौना ती बुढी माऊले धेरै गरे जस्तै
तर केहि सिप उसको सामु म जलिरहेको
कठै भन्ने थिए तर सबै चर्चिते बन्नेहरु
मिडिया सञ्चारमा प्रहार भइरहेको 

अजै पनि देखे मैलै भाइ गवार लुछिरहेको
बतासेको डाँडो देखि कालापानी साटिरहेको
एउटै गाँस पनि ती अबलाका बेचिरहेको
नपचेनि रमाइरमाइ ती रक्सी सँगै पिइरहेको

Wednesday, January 29, 2014

नेपालका शहीदहरू

काली कौवा करायो सुकेको बाँसैको बोटबाट के हुने होला के खबर ल्यायो कति टाढाको होला भन्दै छ स्वरले बुझदै बुझेन डरायो मन कस्तो घट्ना घटेछ  वर्षे कलिलो त्यो उमेरमा गंगालाल राणाको जालमा परेछन् गोलि हानी उनलाई पनि कठै नर शमशेर राणाले हत्या गरेछन् । पहिलो चोटि शब्द बोल्या जय नेपाल ती बोल्ने शुक्रराज शास्त्री मरेछन् आफै हैन राणाले झुण्डाइ मारेछन् हानेछन् । देशकै लागि त्याग कत्रो ठूलो गरेछन् । अर्को घटना सुनाउँदै थियो धर्मभक्त पनि उही उनको पनि हालत त्यस्तै भएछ दशरथ चन्द पनि रहेनन् । उनले साँचेको चाहेको नेपाल खुलस्त त अझै जनता नागरिक यहाँ का ले भन्न पाएन । खाली अर्कैको गुलामी त मर्दा लाशको मलामि जान पाएनन् । कस्तो दैव लाग्यो कठै बिचरा भनी बोल्न पाएन्न । मुखैमा आएको त्यो वाक्य पनि ध्वनि तरंग उच्चारण गर्न भ्याएनन् । सयौ ले थुके होलान् तर उस्ते फोहोरी दुर्गन्ध सोहोर्न तम तयार कोहि भएनन् । अचम्म त्यो काल रात्री जस्तै अध्यारो औशी को रात जस्तै सधैँ दिन पनि अन्धमय भइदियो । त्यो सुस्केरा हाल्ने कौवा पनि गल्दै गलित थकित केहि नभन्ने घुसखोरी नेता भष्ट भइदियो । 

  • शुक्रराज शास्त्री
  • धर्मभक्त माथेमा
  • गंगालाल श्रेष्ठ
  • दशरथ चन्द


Thursday, January 2, 2014

प्यासै मेटेको


घरी घरी केरा फलेको
आइदेउन सानु एउटै कोसो पहेँलै पाकेको

पानी हजूर थोपो, घुट्को प्यासै मेटेको
जुन जस मायाले नुन ढिको दिएनी

घिउ चुस्की अनि मिश्री चक्की भेटेको
गुलियोमा गुलियो सुन्तला को केस्रो  साँधेको

अघायो पेट हरायो भोक एकै टुक्रो रोटी खाँदामा ...
See More