के थाह कति माया गथ्र्यो भन्ने भन्नै नपाइ विदेशीएको मान्छे म
आँशुका बिटा खसालेर उनले रुदै गर्दा त्यो देश त्यो गाउँमा
पुछु भने झरेका आँशु पुछ्न नसक्ने टाढा टाढा सरेको मान्छे म
दुखै दुख यो जवानी अनि त्यो जवानी हामी हाम्रो छेऊ
कुन दैव कुन ग्रहले फलादेश गरी भाग्य लेखिदिएको मान्छे म
आज यस्तै म खाडी अनि उनका आँखा गहभरी आँशु
यो अर्केको देश रुनु पनि हाँसेर कति रोएको मान्छे म
त्यस्तै थिए होला उनका मेरा उब्जिने माया धरोहर
थाह छैन कति टाढा कति नजिक जहाजले ल्याएकोे मान्छे म
उनी टाढा धेरै टाढा कुन हो शहरगाउँ थाह छैन अर्के देशको मान्छे म
कस्ती होलिन उनी कठै सिन्दुर सजाएको मात्र हो
उनका सपना मेरै कारण मैले आफै जलाएको मान्छे म
No comments:
Post a Comment