Sunday, May 19, 2013

छड्के


......................................
कहिले पनि नपुगिने जस्तो लाग्छ
मेरो यो छड्के हिडाँइमा
प्रिरती भन्ने के हो थाहा छैन
मेरो छड्के प्रेम प्रित जुधाइमा
कति बिते दिन शाम सबेरे
मेरो छड्के जीन्दगानी बिताइमा
राम कथा कहदिन्थे
बिना धित मेरो छड्के गंगा तराइमा
.....................
.....................क्रमश

Smile and be smile

Earth, where you can get all things. So please do not hate/angry with any creatures. Give smile and be smile for all things. Which are just literature. So, don't forget that things in all period second we/i/you have to dance here. It's also changeable like our life. Some point/period  child, young, youth, old. It's same it's not any ballgame. Please smile and welcome present/future but do not forget to give thanks for past period.



...............................
Life is neither short nor long. Those creatures things which life is relax able, interesting, happy they want long life. But those whose/which have sorrow, sad, tension, tragedy they think life is long.

In this word, I say that which person will cut his /her neck when she/he knows one day she/he has to die.

Monday, May 13, 2013

लाज


लाज लाग्नु मलाई किन ?
म को हुँ , मलाई कसले चिन्छर, म को हो कसले भन्छ र
हो लाज लाग्नु थियो त
म उही सोझी गाउँकी बेली हुदाँ हो
अहिले म जो छैन म जो हैन अनि किन लाग्नु लाज
यदि लाजै लाग्नु थियो त त्यो ईश्वरलाई लाग्थ्यो 
जसले त्यो पापी पिपाशुलाई रमाइरमाइ बाँच्न दिन्थ्यो ।

Friday, May 10, 2013

याद (Memory)


आउन आऊ ऐ मेरो याद झर्को नमानि आऊ
ओठको लाली जस्तै मनको तरंग सजाउँदै आऊ

नमान केही लाज सबेर सबेर, होला अबेर अबेर
ढुकढुकी छ्यापछ्याप्ती रिझाइ सक्यौ अब त छिटो आऊ 

धेरै कर कर नगर न कर्कश
अब त बाटो छलेर आऊ धोती न टुप्पो सारेर आऊ

अर्थको व्यअर्थ लाग्ला धेरे बोल्दा खेर हेर
त्यही पनि सब राम्रो राम्रो मानि आऊ

बगैचा की माली तिमी फुल बनी आऊ
मायाकी धरोहरी यसैसँग सब जानी आऊ ..............

तिमी सँग


तिमी सँगको   पहिलो भेट,
क्षण हिम्मतलाई कदर गरे
सृष्टि साँच्चै    कायापलट,
नारी अस्तित्व सभ्यतालाई फर्की हेरे 

..............................................

धेरै भयो कानेखुशी,     तर खुलदुली अझ
जीवन आखिर यही रैछ दुई दिनको सलबली साँझ
....

हिड्दा रोकिएनी नयन चाल उही उनको छर छाँया
साँच्चै मनमुटु भुटुभुटु दोहोरो होर माया ।


Wednesday, May 8, 2013

दुई दाम (Radio)


हो पल्ला घरे लाहुरे आउँदा जापानी रेडियो ल्याथ्यो
दुई दाम,                 ठेको सँग मैले साट्न भ्याथ्यो

मान्छे छन् कि भित्र जस्तै, बोलिदिन्थयो सरर
आन्नदले सुनिदिन्थे मै पनि मन फररर

टुट टुट गर्दै जादाँ काम सक्छु खरर

चौतारीया घाँसी, हँसिया का कथा
सुन्दै जाँदा लाग्छ आफ्नै जस्तो व्यथा
यि अहिले अचेल के भए
बुझ्दै नबुझिने यी टटटट ओओओ उल ला उलला ...

पैतला छ नाङ्गै


डोको भरी घाँस, नाम्लो थाप्लो थाप्लै
पाइला चाल्छु भीर पाखा, पैतला छ नाङ्गै

रोकिदैन चाल मेरो, नथकान थकाई
पसीनाको चुलबुल चुलबुल, खोलो जस्तै बगाई

ठाउँ ठाउँको खुड्किलो, बाख्राको हिडाइ
भित्ताको ठक्कर, निहुरी नुगी घोडा जुडाइ

जीन्दगीको लामो सफर, बित्यो यस्तै यस्तै 
दुख छैन खुशी मन,        सुख मस्तै मस्तै

न बाँझिन्छु कोही सँग, हिड्दा सस्तै सस्तै
सबै भन्छ मिलन सार, हो यस्तै यस्तै

खानलाई पुग्या छ, दुई छाक राम्रै
जानेको यति हो, रोग भन्ने थाह छैन
कहिलेकाही ऐठान पर्दा सुत्न पा छैन

Tuesday, May 7, 2013

जवाफ देऊ


कोही किन बोल्दैन 
न बोल्छ मिडिया खुलेरै
बरु भित्र भित्र कति चलखेल छ उसको
म मात्रै खिचन घिच्न लागे झै
भाको किन हो
जनता जर्नादन मूर्तिकारका मूर्ति झै
यि नेता दल लोकतन्त्र आएसी राजा गएसी
सब पखालिए झै दुत गंगा नुहाएर आरती गाए झै

के यही हो सच्चा हृय अनि नेपाली मनहरुले खोजेको
जवाफ देऊन ओ हो मलाई हैन तिमीले भनने गरेकी मातृभूमिलाई

Wednesday, May 1, 2013

मे १ May 1

मे १  मजदुर दिवश

डर लाग्छ बाआमा बिन्ती बिसाउन
राजा रैती समान मन्त्रि समाउन

मन्त्रानि परिन् उही उन दिनको
खोले सिस्नो खान नपाउँदा पकाएको दिनको

लाज लाग्नु थियो उनलाई त्यो मेरो परिश्रम
आज आखिर मजदुर दिवस मे १ श्रम

यति हैन उती हैन अती गरेथे
झुकिकएर हैन हजूर अडिएरै लडेथे

हिजो एक छाक उनको लागि कसरी जोडेथे
बाल बच्चा रोइदिदाँ कनिका छोडेथे

आज उनी मन्त्री मन्त्रानी
जालो थाप्छीन हिड्दाखेरि बाटो काट्दानी

दुख मलाई लाको छैन खान पुग्या छ
भाइ भान्जा जग्गा जमिन उनैले हडप्या छ ।