Wednesday, May 1, 2013

मे १ May 1

मे १  मजदुर दिवश

डर लाग्छ बाआमा बिन्ती बिसाउन
राजा रैती समान मन्त्रि समाउन

मन्त्रानि परिन् उही उन दिनको
खोले सिस्नो खान नपाउँदा पकाएको दिनको

लाज लाग्नु थियो उनलाई त्यो मेरो परिश्रम
आज आखिर मजदुर दिवस मे १ श्रम

यति हैन उती हैन अती गरेथे
झुकिकएर हैन हजूर अडिएरै लडेथे

हिजो एक छाक उनको लागि कसरी जोडेथे
बाल बच्चा रोइदिदाँ कनिका छोडेथे

आज उनी मन्त्री मन्त्रानी
जालो थाप्छीन हिड्दाखेरि बाटो काट्दानी

दुख मलाई लाको छैन खान पुग्या छ
भाइ भान्जा जग्गा जमिन उनैले हडप्या छ ।

No comments:

Post a Comment