Wednesday, May 8, 2013

पैतला छ नाङ्गै


डोको भरी घाँस, नाम्लो थाप्लो थाप्लै
पाइला चाल्छु भीर पाखा, पैतला छ नाङ्गै

रोकिदैन चाल मेरो, नथकान थकाई
पसीनाको चुलबुल चुलबुल, खोलो जस्तै बगाई

ठाउँ ठाउँको खुड्किलो, बाख्राको हिडाइ
भित्ताको ठक्कर, निहुरी नुगी घोडा जुडाइ

जीन्दगीको लामो सफर, बित्यो यस्तै यस्तै 
दुख छैन खुशी मन,        सुख मस्तै मस्तै

न बाँझिन्छु कोही सँग, हिड्दा सस्तै सस्तै
सबै भन्छ मिलन सार, हो यस्तै यस्तै

खानलाई पुग्या छ, दुई छाक राम्रै
जानेको यति हो, रोग भन्ने थाह छैन
कहिलेकाही ऐठान पर्दा सुत्न पा छैन

No comments:

Post a Comment