Friday, March 29, 2013

नेता leader


ठूलाले साना मिच्ने सके थिच्ने ,
नसके गाडि सारी किच्ने ।

घुस पाए भुस सरी घिच्ने ,
पैसामा बिक्ने गरिबका कलेजा झिक्ने ।
दलालका कुरा सिक्ने ,

यीनै हुन बिदेशी सामु झुक्ने ।
सज्जनलाई थुक्ने कुकुरसरी भुक्ने ,

सके लुट्ने नसके भूट्ने ।
गुण्डा भई जुट्ने वेश्यालयमा सुत्ने ,

यिनै हुन् श्रीमती चेली फ्याकने ।
पिजंडामा छोराछोरी जाक्ने ,
भएभरको श्री सम्पति सक्ने ।
सन्त बनी अरुलाई ठग्ने ,

 बिहेवारी बकल छु भन्छ्न् एकल ।
यिनैका अकल निकाल्छन् नक्कल ,

आगो बिना जल्छ कर्मबिना फल्छ ।
हामी आटें ढल्छ घाटी नरेट्दै मर्छ ,
तागत छैन गल्छ बुद्धि छैन बल छ ।

यस्तालाई कुकुरले खान्छ ,
बाघ मातेर जान्छ ।

रहे शेष अंग गिद्धपर्छ दंग ,
गुण्डागर्दी भंग पखालिन्छ रंग ..............।।


  • अन्त्यमा............

  कुकुर झै भुक्ने मन्त्री , सांसद हो
  गधा गधा बन्न सिक
  आक्षेप लगाउनु पूर्व आक्षेप सुन्न सिक

अबको समय


  नेतालाई कुुर्सी

  जनताले दिएको नुनपानी हो

  नेतालाई सत्ता

  जनताले दिएको सुनखानी हो

  सम्झ पापी भष्टÇ नेता

  जनताले दिएको खुनपानी हो ................।।