Tuesday, February 8, 2011

गजल ...दिनरात तिम्रा लागी म फुलेको छु

गाउँघर बस्ती झुपडी अस्ती डुलेको छु
आज लोकतन्त्र भइ डुलेको छु
हर्ताल बन्द अनि आन्दोलन रोक जनता
सामन्ती संस्कार अब भुलेको छु
देशको माया देशको गाथा हृद्ययमा छाम
धानको बाला झै झुलेको छु
हिमाल, पहाड, मधेस सब नेपाल
थाह कुन कहाँ, घुलेको छु
जे छन तिम्रा माग बटाउ छैन पावन्धी समय
दिनरात तिम्रा लागी फुलेको छु

Sunday, February 6, 2011

ईपीएस

ईपीएस भनेको रोजगार अनुमति प्रणाली हो। दक्षिण कोरियामा नेपाली कामादारालाई यो प्रणाली अंतर्गत दुबै देशका सरकारबीचको सम्झौताबाट पठाउने सैदान्तिक सहमतिमा हस्ताक्षर भएको छ। यो प्रणाली अंतर्गत दक्षिण कोरियामा कामका लागि जाने नेपाली कामादाराहरूले केहि शर्त पूरा गर्नुपर्ने र त्यों पूरा गरेपछि सरकारले नै कामदार छनोट गरेर पठाउने व्यवस्था गरिएको छ। यसको लागि ४ वता शर्तहरू कोरियन भाषाको ज्ञान जानेको, स्वास्थय राम्रो भएको, १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको र पहिले कोरियाबाट ननीकालिएको हुनुपर्नेछ ।

बर्डफ्लू

पंक्षीबाट मानिसमा सर्ने यो रोग सर्वप्रथम कम्बोडियामा सन २००५ मा देखा परेको थियो। पंक्षी सम्बन्धी काम गर्ने र पंक्षीहरुको मासु प्रयोग गर्ने व्यक्तिलाइं यो रोग सर्ने प्रबल संभावना हुन्छ। पंक्षीहरुबाट H5 N1 नामको जीवाणु मानिसमा सरेपछि यो रोगको लक्षण देखा पर्दछ र मानिसको मृत्युसमेत हुने गर्दछ।