Tuesday, February 8, 2011

गजल ...दिनरात तिम्रा लागी म फुलेको छु

गाउँघर बस्ती झुपडी अस्ती डुलेको छु
आज लोकतन्त्र भइ डुलेको छु
हर्ताल बन्द अनि आन्दोलन रोक जनता
सामन्ती संस्कार अब भुलेको छु
देशको माया देशको गाथा हृद्ययमा छाम
धानको बाला झै झुलेको छु
हिमाल, पहाड, मधेस सब नेपाल
थाह कुन कहाँ, घुलेको छु
जे छन तिम्रा माग बटाउ छैन पावन्धी समय
दिनरात तिम्रा लागी फुलेको छु

No comments:

Post a Comment