कवि
हेर कस्तो रैछ विचित्र,
रोएर देखेर वा हाँसेर
लेख्दा रैछन् शब्द गाँसेर ।
उडेको चरी घुमेको मन
सबै सरी झुमेको धन,
कवि भन्छन् हेर रवि
घाम उज्यालो दिने खुबी ।
कवि घुम्छन् सबै ढाक्छन्
जे देख्छन् महिमा हाक्छन्,
लक्ष्मी भानु मोतिराम
अन्य कति छन् नाम ।
यातना पाए कारागार गए
लेख्दा कवि बारम्बार रोए,
गरीबको व्यथा पूर्खाको कथा
माध्यम कविता सबको व्यथा ।
कविता भित्रै लेखे कानुन
सबै प्राणी वर्गले जानुन,
कविको बयान गरे यहाँ
नमान्नु कसैले दुःख क्या ।।
No comments:
Post a Comment