Sunday, November 14, 2010

A story about life strugle

cfj/0f syf


आरोह अवरोह

यो कथा हो व्यस्त शहर काठमाडौ को कुनै व्यस्त घरमा भाडावाल हामी व्यस्त विद्यार्थी साथिहरुको । कुनै समयको कुरा थियो म आफ्नो उच्च शिक्षा हासिल गर्न काठमाडौ छिरेको थिए । म मध्यम वर्गीय परिवारको सदस्य हुँ । मेरो बाबुआमाले गाउँकै चिरपरिचित आफ्ना दाजुका छोरा काठमाडौ गई प्रगती गरेको देख्नुभएको थियो । त्यहि अनुरुप दाजुका छोराको सल्लाह बमोजिम मेरो बुबाले मलाई पढ्न शहर पठाउनुभएको थियो । त्यहि युवा म काठमाडौ आएर आफ्नै काकाको छोरा सँग कोठा साजेदारी गदै कयौ दिन महिना वर्षको यात्रा पार गरे । समयको परिवर्तन सँगै शहरको बसाई मलाई दिक्क तथा थकान पूर्ण लाग्न थाल्यो । त्यो दिक्कादारीको पाटो सपना विपनामा सजाउने थियो । कसरी आमाबुबाको ऋण चूक्ता गर्ने, कसरी आमाबुवालाई खुशी सुखी पार्दै जीवन सार्थक पार्ने भन्ने थियो र यहि सत्यता साकारार्थ जागिरको खोजीमा विभिन्न एन्.जि.ओ. , संघ संस्था, विद्यालय, पसल, लोकसेवा, होटेल, रेष्टुरेन्ट, साइबर, रेडियो मा भौतारिदै हिडे । तर कुनै क्षेत्रमा भने जस्तो सफल हुन सकेन । धेरै संस्था भूस्याहा कुकुरलाई जस्तै दुरदुर भनेर भगाए । कयौ संस्थाले त पैसा लिए तर सेवा अर्कैलाई दिए । यि यस्तै आरोह अवरोह पार गर्दै शहर बसाइमा दुई वर्ष बितेको पत्तै भएन । दुई वर्षमा दश जोड दुई पास गर्न सफल भए । तर मनमा चिन्ताले जरा गाडि रहेको अवस्था थियो । तैपनि हिम्मत हारेको थिइन सन्तुष्ट देखिन्थे । जताततै महँगीको विगविगी बढि रहेको थियो बसाइले अत्उल्तै तीब्र गतिमा त्रिगुणा रुप लिने क्रम जारी थियो । म सोच्दथे कसरी घरबाट आमाबुवाले घर गृहस्थी चलाइ मेरो पढ्ने खर्च निकालिदेलान् । छ कि छैन, के छ खर्च बढ्दै छ भन्ने दुबिधा मन मष्तिष्कमा आइरहन्थ्यो । अर्को तर्फ “जे पर्ला उहि टर्ला”, हुने हार दैव नटार भन्दै चित्त बुझाउँथे ।
जागिरका सन्र्दभमा कुनै प्रगति नदेखेपछि नजर एक्कासी कर्म गर फल त अवश्य मिल्छ भन्ने कथनमा जान पुग्छ । मनुष्यको काम कर्म गर्ने हो परिणाम , फैसला, हुन्छहुन्न, होहोइन भन्ने सबकुज ईश्वरका हातमा छोड भन्ने भगवान् श्रीकृष्णले महाभारतको संग्राम अर्थात् गीतामा अर्जुनलाई भनेको वाक्यंश याद आउँछ । अनि ईश्वरलाई सम्झदैँ त्यहि भनाइ मनमा जोड्दै केहि त गर्नुपर्यो भन्न थाल्छु । ठाउँठाउँमा आफ्नो घर जग्गा धितो राखि व्यवसाय संञ्चालन गरी राखेको देखेको थिए । म पनि त्यसैलाई मध्यनजर गर्दै आफ्नो बाबालाई सम्झाइ बुझाइ बाबुको सम्पत्ति धितो राख्ने मनसथिति बनाए । त्यो सोचाइ अन्र्तगत म आमाबुबालाई सम्झाउन थाले बाबाले भन्नुभो के गर्छस् त म के गरुला धितो बाट त्यो त सोचेकै रैन्नछु । बाबा कराउँदै हुनुहुन्थ्यो यसले मेरो मासु खान थालेको । झट एक्कासी मनमा होस्टेलको सपना आयो ।
बाबालाई होस्टेल भनेर भनिदिए । बाबाले चल्छ र के भन्नुभो । म चलि हाल्छ नि सबै यस्तै गरिरहेका छन् । तर मैले सबैको भन्दा भिन्दै योजना अपनाउनेछु । कुनै योजना अग्रिम हुनेछैन तर कार्य भन्दा अघि हुनेछ । ल त्यसो हो भने तेरै त हो मेरो सम्पत्ति, हिजो बाजे बज्यैको , आज मेरो, भोलि तेरो ... कसको .... जसको पनि हुन सक्छ । महाकवि लक्ष्मिप्रसाद देवकोटाले भनेकै छन् “हातको मैला सुनको थैला के गरु धनले......”। लौ जसो हो गर । बुबाको आज्ञा पाइसकेपछि पूर्ण आत्मविश्वासका साथ हिम्मत बटुलेर घरको लालपुर्जा बोकि बसको लामो सफर सँगै शहर पसे । डेरा पुगी आराम गरीसकेपछि अर्को दिन बिहानै पशुपतिनाथको दर्शन गरी काम सुचारु गर्ने अनुमति मागे । बैं  गए धितो बारे बुझे अनि धितोको निम्ति आवेदन दिए समयले गति लिदै जाँदा मैले धितो पाउने भए मात्र ३ लाख । धेरैबेर झसंगिए , बटुराए, लर्बराए सपना जस्तै लाग्यो तर अपरझट जीपले हरेन बजाउँदा जागे । एउटा घर भाडामा  लिने र सुपथ सुलभ दरमा गरीब विद्यार्थीलाई होस्टेल होम बस्ने बास निर्माण गर्ने सपना अनुशार पत्रपत्रिकामा विज्ञापन छपाए । गरीब विद्यार्थी सहयोगार्थ भनेर । होस्टेल निर्माणार्थ घरको पनि खोजि गर्दै जादाँ सानो कम्पाउण्ड, थोरै खुल्ला जमिन, दश कोठा सहितको चार बाथरुमशौचालय वाला घर फेला पर्यो । “जहाँ इच्छा त्यहाँ उपाय” भनेजस्तै घर प्राप्त भयो । घर मालिकले अमेरिका जानुपरेकाले मलाई सम्पूर्ण रखवालीका साथ भाडामा दियो । घरको भाडा दर दुई लाख रुपैया कायम गरियो । जसअनुसार बयना स्वरुप साढे १ लाख बुझाए । उपलब्ध घरलाई साधारण हिसाबबाट सजाइ होस्टेलहोमको स्वरुप प्रदान गरे ।
होस्टेलमा भर्ना हुन विभिन्न परिवेश स्टाइल, साइजका विद्यार्थी आउन थाले । भर्नाको क्रम सँगै छोटो समयमै होस्टेलको शुरुवात घडी आइपुग्यो । होस्टेलमा जम्मा १५ जना विद्यार्थीको भेला देखिन्छ । भेलालाई सम्बोधन गर्दै मैले सबैको साथ एकता भए हामी सफल हुने सपना सजाइदिन पुग्छु । यहाँ हामीमा कसैलाइ कुनै नियममा बाधिने छैन तर सबै एकअर्काका परिपूरक अर्थात् एकले अर्काको आवश्यकता महसुस गर्दै यहाँ भएका सबै यात्री हुनेछन् चालक भनेका भगवान— अल्लाह येशु जे भन उनै मात्र हुनेछन् । कसैलेकसैलाई धोका, मर्का, हेप्ने कार्य म, तपाई कसैबाट हुनेछैन । हामी केबल साथिसंगी हुनेछौँ । यस होममा कुनै खाना पकाउने सफासुग्घर गरिदिने, लुगा धोइदिने सेवा प्राप्त हुनेछैन । हामी यसलाई होस्टेल भन्दा बढी घरको रुप देख्नेछौँ । यी काम हामी सबै जुटेर आफै मिलिजुली गर्नुपर्ने छ । सबै पढ्ने, सिक्ने, पैसा कमाउने खुशीसुखी रहने उद्देश्यका साथ आएका हामी यसमा कुनै त्यस्तो अप्रत्यक्ष पैसा लिने तथा महंगी निर्माण गर्ने कार्य गरिनेछैन । जति खर्च हुन्छ हामीबाटै हुनेछ । आम्दानी जे हुन्छ त्यो सबै हामी कै फाइदा लाभ हिस्सामा पर्नेछ । हामी यसमा बस्ने सबैजना आ–आफ्नै खुट्टामा उभिने प्रयत्न सदा सर्वदा गरिने छ । यसैका लागि आगामि दिनमा आइपर्ने समस्या मिलिजुली समाधान गरिने छ । पढ्ने, सिक्ने अतिरिक्त अन्य काम पनि गर्न सकिने छ । किनकी हामी सबै गरीब परिवारका सदस्य हौँ । अब अन्त्यमा कसैलाई यो यर्थाथ चित्रण चित्त बुझ्दैन, म सामेल हुन सक्दैन भन्ने लाग्छ, तपाई यसै बखत बाहिरीन सक्नुहुन्छ । जब सक्छु भन्ने आत्मविश्वास पैदा होला त्यसबेला सम्झनुहोला सक्षम सामथ्र्य भएछ स्वागत गरौला । अर्को कुरा यो विश्वकै नमुना अनि हाम्रो राष्ट्र नेपालको विकास सँग जोडिएको, हाम्रो उज्वल भविष्यसँग गाँसिएको व्यवाहारीक जीवन हुनेछ । तसर्थ सब सम्पूर्ण लाग्नुहुनेछ भन्ने विश्वास छ ।
मेरो भनाइ समाप्ती सँगै ३जना असमर्थ जनाउँदै बाहेक हुन्छन् । भने १२ जना पूर्ण समर्थका साथ होस्टेलका सदस्य बन्न पुग्छन् ।
घुम्दै फिर्दै रुमझाटार भनेजस्तै होस्टेलको शुरुवात हुन जान्छ । बगैचाका रंगीन फुल जस्तै हामी सौन्दर्य छर्दै हाम्रा दिनचर्या शुरु गर्छौ । यसको कम्पाउण्ड नजिकै रहेको खाली जग्गा मथारी खेतीयोग्य बनाइ तरकारी लगाउन थाल्यौ । यी यस्तै सहयात्रा रेखदेख, सफासुग्घर गर्दै कम्पाउण्डको छेउछाऊ, घरको छत वरीपरी विभिन्न फुल गमलामा सजायौँ । खानेबेला सँगै खाने, मिलेर पकाउने, पढ्ने, कडा परिश्रमका साथ अघि बढ्यौ । यही आकर्षण होस्टेलमा भर्ना हुन आउनेको चाप बढ्यो । भरी भएपछि पोखिन्छ भनेझै हामी भर्ना स्थिगीत गर्यौँ । मूलतः होस्टेल २३ सदस्यीय परिवारको बन्न पुग्यो ।
हामी साथिहरु विभिन्न परिवेश, वेषभुषा बाट एकत्रित भएका विविध प्रतिभाका धनी थियौ । फलस्वरुप हामीहरु विभिन्न काममा सरिक हुन थाल्यौ । कोहि सिलाइबुनाइ होमटुयसन इत्यादि थाले त हामी अन्य थोरै पैसा लगानी लगाइ सडक किनारामा तरकारी व्यापार शुरु ग¥यौ । सबै जे हुन्छ, जे पाइन्छ, सकिन्छ, पढाइलाई निरन्तरता दिदै काम गर्न थाल्यौ । यसरी हाम्रो आम्दानी हुन थाल्यो ।
यस्तै यस्तै हामी व्यस्त रहँदा रहँदै.....................
मौसमको बदली सँगै टन्टलापुर घाम थियो । म धोबि ढल बग्ने खोलाको किनारी बाटो हुदै हिडिरहेको थिए । हिड्न सारै गाह्रो भएतापनि पाइला चाल्नु बाध्यता थियो । पाइला चाल्दा मेरो नजर फोहोर थुप्रिएको ठाउँमा पुग्छ । जहाँ एउटा बालक दुर्गन्धमा फालिएका भातका सिता बटुल्दै खादै गरेको देख्छु । त्यो दर्दनाक अवस्था देखेर मेरो छाती भक्कानो फुटेर आउँछ । हे भगवान के हो र किन यस्तो व्यवाहार भन्दै धेरै बेर टोलाइ टोलाइ एकोहोरो नजर अन्दाज गरिरहे । के गरु कसो ....गरु......। मनमा सोच्दै गए सडकमा सयौ यस्ता बच्चा छन् कसरी म एक्लै यिनको स्याहार गर्न सक्दछु । तर शुरुवात त म आफै बाट गर्नुपर्छ । भोलि अर्कोले यस्तै भन्नला फेरी के होला भन्ने सोचि, शुरु आफै बाट गर्ने निधो गरे । आज यसलाई म उद्धार गरुला भोलि यसले उद्धार गर्ला यहि सोचि त्यो बालक छेऊ पुगि यता आऊ भनी बोलाए अनि सोधे नाम के हो? बाबु
खै थाहा भएन सबैले खाते भन्छन् । फेरि सोधे के म सँग जान्छौ त खाना दिन्छु । हुन्छ खाना खान दिने भएत जान्छु नि । बालकको जवाफ बमोजिम म उसलाई लिइ आफ्नो होस्टेल फर्के । होस्टेल छिर्नासाथ सबैजना आश्र्चयमा त्यो बालकलाई हेरी को हो भने। मैले हाम्रो साथि आज देखि हामी सँगै बस्ने । लौ लिएर जाऊ झिल्के पारेर भोजन गराऊ, भाइलाई जस्तै माया गर ल । मेरो बाहिर काम छ म निस्के गुड बाइ । सबैजना आफ्नो काम गर ल ।
सोहि अनुरुप मेरो भनाइ अनुशार म होस्टेल बाहिर हुनासाथ होस्टेलको गतिविधि बडो रोचक रोमान्तिक बन्दै गएछ । होस्टेलमा २२ मध्ये ५ जना साथि र ऊ बालक गरी ६ जना थिए । बालकलाई भोजनका साथ चिटिक्क पारी लौ हेर ऐनामा तिम्रो सौन्दय स्वरुप कस्तो काले कृष्ण मुरारीको जस्तो भनी भन्न थाले । बच्चा सँगै खेल्ने क्रममा सोधे नाम के होर नाम थाहा थिएन । त्यसैले साथिहरु हामी तिम्रो नामकरण गर्छौ भनी एकएक अक्षर लेखि जोड्न थाले । जोड्दै जादाँ दीनबन्धु बन्यो । दीनबन्धु भेटिएकै दिनलाई उसको जन्मदिन मान्ने मनाउने घोषणा गरे । जन्मदिन मनाउने परिपाटि अनुशार होस्टेल बाहिर रहेका सबै साथिलाई साँझ जन्मदिन भनी सुचना संप्रेशण गरे । झिसमिसे साँझ ७ बजे सबै जुटि दीनबन्धुको जन्मदिन मनाउन कम्पाउण्डमा भेला भए । जन्मदिनको शु–अवसर पर हामी सबै उपहार स्वरुप तिमीलाई प्राप्त भयौ । सदा इश्वरले बास गरुन् भन्ने आर्शिवाद दियौ । साथै विद्यालय भर्ना गरी पढाउने निर्णय गर्यौ । सोहि बखत एउटा साथिले यदि हामी अझै २÷४ जना बालबालिकालाई उद्धार गर्न सक्छौ भने गर्दा के होला । हुन्छ सकिन्छ भने गरौ न त तर धेरै हाम्रो सामथ्र्य छैन यहाँ अटाउन गाह्रो पर्छ । हाम्रो सामथ्र्य बोडिङ्गमा पढाउन सक्ने थिएन त्यसैले सरकारी स्कूलमा भर्ना दिलायौ । पहिलेको निर्णय अनुशार हाम्रो परिवारको सदस्य बढ्दै गएर म, साथिहरु र बलबालिका सहित ३३ जना हुन पुग्छौ । अब हाम्रो घर गृहस्थीमा बिहान साँझ पढाइको अलावा बच्चाहरु प्नि हाम्रो काममा सघाउँछन् । सबै व्यस्त भएपछि रिसराग पनि हटेर जान्छ । यहि क्रम सँगै हाम्रा दिनहरु बित्दै जान्छन् । हामी तनमन वचनले अघि बढेका थियौँ ।
केहि समयको अन्तराल पछि शरद क्रृतको आगमनले दशँैतिहार आइरहेको भान सबैलाई हुन्छ । विद्यालय, क्याम्पस, कार्यलयमा बिदाको माहोल छाउछ । सोहिअनुरुप हामी दुई दर्जन साथिहरुले एक महिने छट्टि पाइसकेका थियौ भने केहिको बिदा हुन बाकि थियो । ती साथिको बिदा थौरै दिन हुने निश्चित थियो । त्यसैलै बिदा पाइसकेका म लगायत अन्य साथिहरु बिदालाई कसरी व्यवसायिक, आधुनिकता प्रदान गर्न सकिन्छ भन्ने छलफलमा व्यस्त थियौ । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने जस्तै अनमोल कम्पनीमा मार्केटिङ्ग गर्ने साथिलाई सँगै लिइ एकै ठाउँ जाने अनि उसको व्यपारमा सघाउने निर्णय लियौ । यसै योजना अन्र्तगत हामी मेरो गाउँ जाने तयारी गर्यौ । हाम्रो टोली बालबालिका सहित २५ सदस्यीय हुन पुग्यो । बाकि सदस्यलाई होस्टेल जिम्मा लगाइ म लगायत अन्य साथिहरु घुम्दै फिर्दै वस्तु बेच्दै  गाउँघर टेक्यौ । सबैजना मेरा बुबाआमालाई नमस्ते गरे । म पनि आफ्नो बुबाआमालाई खुट्टामा ढोगिदिए । हामी सबै जना बुबाआमाको विभिन्न शब्दावालि सहित का आर्शिवाद ग्रहण गर्यौ । मेरो बुबाको घर साघुँरो भएतापनि हामी मिलिजली रहँदा भयौ । हाम्रो कर्तव्य के हो भन्ने सबैजना बुझिसकेकाले बाबुआमाको सेवामा समर्पित हुदै आफ्नो कार्य संञ्चालन गर्यौ । गाउँघरमा पाइने विभिन्न वस्तुको अवलोकन गर्दै, करकला, पूदिना, सागसब्जी, पिडालु, करेला, अमला, दाल, खरिद गर्दै विभिन्न तरिकाबाट विभिन्न परिकार निर्माण गर्न थाल्यौ । जस्त;ै गुन्द्रुक, तितौरा, सुकासाग, इत्यादि । वनमा त्यसै खेर गएका पुदिना, अमला, बटुलेर अचार, थरिथरिका चिजबिज उत्पादन गर्न सफल भयौ । यसरी हामीलाई चाहिने भन्दा धैरै उत्पादन भयो । त्यसैले शहर लगि बेच्ने निधो गर्यौ । यी यस्तै घटनाक्रमको बिचमा दशै गयो आमी बाबुआमा, मान्यजनको हातबाट टिका थाप्यौ, आर्शिवाद लियौ । दशैँ बिदा भो गाउँघरका मान्यजन, भलाद्मी, दलित, अपाँग सँग सहकार्य गर्दै विभिन्न दक्ष महानभावहरुलाई साथमा लिएर गाउँघरका पिछडिएका, गरीब वर्गलाई सस्तो सुलभ दरमा प्रभावकारी व्यवसायिक आधुनिक शैलीमा तालिम दिलाउन सफल भयौ । यसरी हामी गाउँघरको वास्तविकता सँग जुध्दै गाउँलेहरुको दुःख–सुखमा सहभागि भयौ । विभिन्न लेख, डाटा संकलन गर्दै पत्रपत्रिका, रेडियो का लागि सामग्री तयार भए । यि यस्तै कार्य गर्दा गर्दै हाम्रो दशैँ तिहार पनि हामी माझ बाट टाढा हुन गयो । हामी हाम्रो लक्ष्य–उद्देश्य हासिल गर्न जन्मभूमि छोड्दै शहर फिर्ता भयौ ।
मेरो कर्तव्य बाबुआमाको सेवा गर्नु साथै उहाँको समिपमा बस्नु पनि थियो तर त्यो हुन सकेन । हमी शहर पुग्नासाथ हाम्रो होस्टेल फेरि पूर्ण सदस्यीय अर्थात् व्यस्त भयो । हामी हाम्रो लक्ष्य तिर लम्क्यौ । आ–आफ्ना काममा व्यस्त रह्न थाल्यौ । अर्को सालको समाप्ति मै बैंक धितो तिर्ने लक्ष्यका साथ अघि बढ्दै थियौ । ‘जस्तो कर्म गर्छौ उस्तै फल प्राप्त हुन्छ’ भने झै हाम्रो मिहिनेत, अभिभावकको लगनशिलता, अनुशासन इमान्दारी, विश्वासले हामी आउने वर्षको भाडा बचत गर्न सफल भयौ ।
।   यसरी हाम्रो यात्रा चालु चलिरहेको, चल्दै................निरन्तरता जारी....छ।।
                                                                            क्रमश.।।।    अस्तु..।


No comments:

Post a Comment