कलि, ढुङ्गे युग बराबर
भर्खर–भर्खर बिहानको ५–६ बज्न थालेको हुन्छ । कोहि ओछ्यानमा त कोहि कतै जाने साइत जुराउँदै हुन्छन् । त्यहि समय खासगरी विद्यार्थी साथिहरु आफ्ना ब्याग भिरी क्याम्पस विद्यालय तर्फ पाइला चाल्ने क्रममा हुन्छन् । उनीहरुको ब्यागमा मूलतः पढ्ने किताब–कपि भन्दा एउटा भिन्दै प्रकारको डायरी , लभ सम्बन्धी किताब , मोबाइलफोन , कसै–कसैका ब्यागमा शिखर , सूर्य चुरोट , लाइटर , सलाइ राखिएको देख्न सकिन्छ । केहि खुजरा पैसा अनि ऐना गाजल भर्ने....लिबिस्टीक , सुपारीका कुड्का , ल्वाङ्ग , एयरफोन इत्यादि वस्तुले सजिएका विद्यार्थी कक्षाकोठामा प्रवेश गर्छन् । किताब बोक्ने झोला भित्र प्रेम पत्र लभ इस्टोरी का पुस्तक हुन्छन् । यीनीहरु स्वस्फुट ढंगले विभिन्न बजारमा आएका नयाँ नयाँ डिजाइनका कपडा लगाउने भनेर मिल्दैन यिनिहरु भिरछन् भन्दा न्याय गरे जस्तै लाग्छ । लोडसेडिङ ले हामीलाई ढुंगे युगतिर ढकेलिरहेको बेला यी चलन–चल्तीले कतै ढुंगे युग देखाउन खोजेको त होइन प्रश्न उठिरहेको बिरलै छ । पहिले ढुङ्गे युगमा मानिस नाङ्गै थियो , अहिले पनि छोटाछोटा कपडा लगाउने चलनचल्ती बढ्दो छ । कतै नाङ्गै हिड्न पाउने अधिकार माग गरिरहेको अवस्था छ । यस्तो अवस्थाले भोलि ढुंगे युग वर्तमान भएर आउने प्रबल संभावना छ । शुरुमा नाङ्गै कपडा विहिन , विस्तारै रुखका बोक्रापात पतिङगरले ढाक्दै पछि सबै जीऊ लगभग ढाक्न थाले । हाल विस्तारै थोरै–थोरै हुदै केटाले मुन्द«ा कपाल पाल्ने , केटी नाइटो देखाउने जे पायो त्यहि भिर्ने परिपाटि विकास हँुदै नांगिने नाचिने झाङ्गिने हुन थाल्यो । यसको प्रत्यक्ष–अप्रत्यक्ष सिकारी÷ सिकार स्वयम् मनुष्य जगत हामी हुन पुग्यौ । जान्दा जान्दै पनि हामी त्यस मुखमा धकेलिन पुग्यौ आफै रचेको रणभूमिमा आफै पर्दै खस्दै हामी काल नआएको तर दर्दनाक भयंकर रोगबाट ग्रसित रोगी भयौ । सोझै अर्थमा भन्दा पृथिवी , आमाबाबु सबै , स्वयम् आफ्नो पनि भारी बन्न पुग्यौ , नउचालेर उचालिनि , नसारेर सार्न मिल्नि , केहि कामका रहेनौ । जसको फलस्वरुप आफैले आफैलाई बिरानो थान्दै , भाग्यलाई धिक्कारदै , भगवानलाई दोषि ठहराउँदै अन्धकारमय जीवन बिताउँदै , नआयो पापी काल भन्दै भट्टाउन बाध्य भयौ ।
No comments:
Post a Comment