Sunday, November 14, 2010

Gulmeli (a poem)


  गुल्मेली
नेपालीको नेपाल पश्चिमको अञ्चल
लुम्बिनीको भ्रमण गुल्मेलीको चञ्चल ।
लहराछहरा हाँसी मुखी मुहार
खोल्सा र खोल्सि दुनियाका गुजारा ।

मायाका धनी प्रेमका खानी राजाका रानी
आएका हल्का पियका पलका बातका खानी ।
माना र पाथी ऐचोपैचो नाम्लो बेरेर बजार
हिडँेका साथि बोकेर लाठ्ठी भएर हजार ।

रेसुङ्गा अर्जुन छोएर हस्ती झुमेका बस्ती
ऋषी र मुनि विदेशी दोस्ती घुमेका अस्ति ।
नामैले चिनाउने सिमिचौर बनाउने
गा.वि.स. अरे ९वडा सजाउने ।

पुगेर आए दक्षिण लंका टुटेन पंखा
गुडेर या उडेर भ्याए सम्पूर्ण चर्खा ।
लम्केर विकट विकासमा आयो
धैर्य र धारण आश लाग्न लायो ।

बस्ती बसाइ घर हँसाऊ लगाएर बस्त्र
दोस्ती गराइ शान्ति सजाऊ भगाएर अस्त्र ।
शान्ति छाऊ दोस्ती बढाऊ सजाएर बोट
क्रान्ति आऊ खोष्टि उठाऊ लजाएर ओठ ।।

No comments:

Post a Comment