Sunday, November 14, 2010

Mother





आउन आऊ आमा
हामीलाई पर सारिदेऊ ।
घाम ताप्न खोजेका
अध्यारो बाट पार तारिदेऊ ।
करुवामा पानी छ
     कचौरीमा सारिदेऊ ।
     आउन आऊ आमा
        मुटु भरी माया भरीदेऊ ।
          तेल तताइ सरर
        कोमल हातले दलिदेऊ ।
हातखुट्टा शरिर
भिज्ने गरी माडिदेऊ ।
ललाइफकाइ तल्तिर
भ¥याङबाट झारिदेऊ ।
दुःखी भएनी हे आमा
खुशी भनी ढाँटिदेऊ ।

No comments:

Post a Comment