Sunday, November 14, 2010

strange precepts (poem)


नौलो उपदेश

कुन ठाउँ कुन गाउँ, कहाँबाट आयौ
शिक्षा जस्तो पवित्र शब्द अंगाली ल्यायौ
कहाँ पढ्यौ, कुन चाहिहोर किताब,
जहाँ लड्यौ जुन बेग्लै भयो खिताब ।।

देशको माटो देशलाई आटो यो कहाँ सिक्यौ,
देशको बाटो फोरेर राटो मोटर झिक्यौ ।
खैलाबैला मच्चाएर जुटाइदेउन् साहस,
रुढीवादी सच्चाएर हुर्काइदेउन् विज्ञानको बास ।।

जन्म दिने मातासरी अन्न दिने धर्ती,
कर्म दिने बाबासँगै ज्ञान गुन अर्ती ।
धेरै जसो मान्छेहरु विदेशमा सर्ने,
बुढाबुढी भनेको त स्वदेशमा मर्ने ।।

जन्माउन सक्नेले भरणपोषण गर,
हुर्काउन नसक्नेले बन्ध्याकरण गर ।
चेतनाका बोट भइ, बिऊ रोपी राखेका,
बेदनाका स्वर भई दुःख छोपी ढाकेका ।।

मन्दिरै या मस्जिदै धाओ देव सब सरेका,
गोगा अल्हा धर्म भरेका पापबाट पार तरेका ।
कतै लोकतन्त्र बिच बाटोमै हरायोकि,
पत्तै छैन मूल छाडेर गोरेटो धायो कि ?।
       ....ॐ....ॐ....ॐ....


No comments:

Post a Comment