Sunday, November 14, 2010

two sides (दुईतिर), a poem)


दुईतिर

दाइ भने सरकारी सेनामा
भाइ भने माओवादी सेनामा
दुवै भाइले गरेको सेवा
कसले पाउँछ खै यसको मेवा

टोली गयो क्याप्टेन दाइको
भेट भयो पल्लोछेऊ भाइको
यस्तो रचे लडाइको जालपनि
कस्तो गरी आएको कालपनि

गोलि गयो भाइको छातीमा
फेरि गज्र्यो दाइको घाँटीमा ।
घामपानी सहने पसिना पिउने
तितिम्रा को हुन् ?
जसले तिमलाई पुज्दै आए इश्वर भन्दै
उसलाई दण्ड दिनु कति उचित होला ?
यस्तो जीवन धान्ने जीउँने बाँच्ने के आधार,
थरीथरी विचारले जनता परे दोधार ।
सक्छौ भने सबलाई गासेर लैजाऊ,
यही जन्मभूमि माटो नै प्यारो खेलेर सजाऊ ।


No comments:

Post a Comment