Sunday, November 14, 2010

self speech

======================================================================================

आफ्नै कुरा .....

समय, काल परिस्थिति आफ्नै रफ्तारमा अगाडि बढिरहेको छ । देश, काल, परिस्थिति पनि अझै अस्थिर, अन्यौलताकै घेराभित्र अगाडि बढेको देखिन्छ । विभिन्न आमाहरुका छोराछोरीहरु पनि आफ्नै स्वार्थमा, आआफ्नै व्यक्तिगत र आफ्नै दायराभित्र नै अलमलिरहेको पाइन्छ । जबसम्म व्यक्ति आफ्नो परिधिबाट माथि उठ्न सक्तैन, समाजको लागि केही गरौँ भन्ने भावना राख्तैन, तबसम्म न त कुनै राजनैतिक संघ संस्था अथवा कुनै संगठन, व्यक्तिले नै समाजलाई केही दिन सक्छ, न गर्न नै सक्छ । यी सबै कुराहरुबाट माथि उठ्नका लागि व्यक्तिमा त्यागको भावना अत्यन्तै जरुरी हुन्छ । जब सम्म व्यक्तिले त्याग गर्न सक्दैन, जबसम्म व्यक्ति आफ्नै स्वार्थभन्दा माथि उठ्न सक्तैन, जबसम्म व्यक्तिले आफ्नो जीवनलाई विराट् स्वरुपबाट हेर्न सक्तैन तबसम्म यी कुराहरु केबल नारामा मात्र सीमित रहन्छन् केबल भाषण अथवा पवचनमा मात्र सीमित रहन्छन् । त्यसैले आजको आवश्यक्ता भनेकै व्यक्तिहरुले आफ्नो दायराबाट माथि उठ्नुपर्ने,

त्यसैले, आजको समयको आवश्यकता पनि हो कि चाहे राजनैतिक दलका नेताहरु हाँै अथवा हामी सम्पूर्ण जिम्मेवार व्यक्तिहरु हौँ, चाहे कर्मचारी, संघ संस्थाका व्यक्तिहरु हौँ, सबैजना आध्यात्मिक साहित्य भावभुमिबाट अघि बढ्नुपर्छ, यी कुराहरुलाई हामीले आत्मसात् गर्नुपर्छ । त्यसरी अगाडि बढ्दा नै समाजले एउटा उचित निकास पाउन सक्छ । देश, काल, परिस्थिति पनि तब मात्रै समाधानको दिशातर्फ उन्मुख हुन सक्छ ।

नेपाली साहित्यको आधुनिक पवृत्तिबडो दुत गतिले बढ्दै गइरहेको परिपेक्ष्यमा म पनि यसबाट अलग रहन नसकि साहित्य क्षेत्रमा पवेश गर्ने अनुमति माग्दै तपाईहरु समक्ष यस कृति लाई website मा राख्न पुगेको छु ।

......................................................................................

....................................................................................

अन्तमा,

यस अंक website मा राख्ने वा निकाल्ने क्रममा भए गरेका गल्ती, कमी कमजोरी, न्यूनताहरुका लागि परमपूज्य देवीदेवहरु र यहाँहरुसँग क्षमा माग्दै उचित सल्लाह, सुझावको अपेक्षा राख्दछु । साथै सदासर्वदा उन्नति, उज्वल वर्तमान, भविष्यको कामना गर्ने पेरणाका श्रोत बुबा ऋषिराम, माता रमा, दिदीभिनाजु सबिता, टिकाराम, बहिनीहरु ललिता, बबिता लगायत सम्पूर्ण गुरुवर्ग, मान्यजन, आफन्त तथा मित्रहरुका साथसाथै मलाई चिन्नुहुने सम्पूर्ण महानुभावहरुमा हृदयदेखि नै हार्दिक आभार पकट गर्दछु ।

ntpp32@ymail.com

aryalhornet@yahoo.com

https://www.facebook.com/sahityasangra


2067

No comments:

Post a Comment