Sunday, November 14, 2010

poem


जब आमा रुन्छन्
पुछ तिनका आशुँहरु ।
जब बाबा भन्छन्
पूरा गर तिनका आशाहरु ।
जब मामा गन्छन्
चुम तिनका आशीर्वादहरु ।
जब दाता दिन्छन्
नमिल्काऊ तिनका गाँसहरु ।
जब छाता ओढ्छन्
तर्के पानीका शासहरु ।
जब गाना लेख्छन्
हँसिया काटे घाँसहरु ।
जब गाता ढाक्छन्
देखिएका लाजहरु ।
जब पाना भरछन्
रंगीन अक्षरका दानाहरु ।
जब पाता कस्छन्
थाहा हुन्छ सारा त्रासहरु ।
जब साहु छिरछन्
लुट्छन् गाउँका बासहरु ।
जब खोला बग्छन् ।
बगाइ जलेका लाशहरु ।
जब भोला छाड्छन्
खुशीयोका वर्षाहरु ।
जब चेली बेचिन्छन्
छाडिन्छन् बनाइ वेश्याहरु ।
जब जेलझेली फालिन्छन्
बनाइ एच्.आइ.भी. पीडितहरु ।
जब खेला खेलिन्छन्
बनाइ रक्सीका तासहरु ।

No comments:

Post a Comment