Sunday, November 14, 2010

grandmother yours (आबै तिम्रा)


....आबै तिम्रा...

आबै उही तिम्रा सन्तानहरु
वर्तमाने कलियुगका छोराछोरीहरु
यो सुन्दर सिङ्गो नेपाल भित्र
फुस्रा चिल्ला कुरा गर्नेहरु
आबै नक्सा परिधी घेरा भित्र
नामर्द कहलिए मर्द नाप्नेहरु
कस्तो स्वार्थी, कस्तो निष्ठुरी
एउटै कोखबाट जन्मेका फेरि
आबै तिम्रा छोराहरु
रुपै रुपमा राक्षसहरु
कलंक हुन्, एउटा सिङ्गो राष्टका
टुक्राउँछु देश भन्ने देशद्रोही भष्टका
होला अध्यारो, सुक्लान् ओठ गाला
आबै तिम्ले सिएको अल्झिदाँ माला ।

No comments:

Post a Comment