Wednesday, November 6, 2013

साँझ झमक्क

गाउँको लालु गजक्कै परेछ
उडेको चरी गुडैमा बसेछ
साँझ झमक्क परेछ
तिमी यताउती नजाऊ
खेल्ने समय सिद्धिसकेछ
गमकेर किराकिरी आऊला
टाढै गएका आमाबाबु आइपुगेछ
भुक्ने कुकुर भित्र गइसकेछ
दुहुनो गाई दोइ सकेछ
घाँसपात भकारोमा भरी सकेछ
ताग्ला ताग्ली लाइसकेछ
पल्लारे पसले ढोका लाइसकेछ
रुदैँ गरेको बच्चा रुन छाडेछ
गाउँलेको विर्खे सधै झै मातिदै आएछ
आफ्ना सन्तान कुट्दै कुर्लन थालेछ
फलानो त कुखुरी खोज्दै गाउँगाउँ डुलेछ
तल्लारे शहर गएका गाडि नपाउँदा घरै आएनछ
उपल्लारे खोकीले खोक खोक गर्दै रहेछ 

.......................क्रमश   ...................

No comments:

Post a Comment