रत्नपार्कमा पछौरा डोसाएर गितार अनि गीत ufpFb} दुई बच्चाहरु, पैसा संकलन गर्दै .
यस्तै बालबालिकाको क्षेत्रमा विभिन्न खाले दानवी रूपका अभद्र शैलीका आमाबाबु देखापरेका छन\। जन्माउने अनि हुर्काउनुको साटो बजारमा लिलामिको रुपमा सरसामान जस्तै स्टलहरु खड़ा गरेका छन\। दुनियाले के भन्ला, के सोच्ला भगवान्\ले के देख्ला डरकर हराएका यी ती यस्ता त्यस्ता अभद्र शैली श्रृजित भएको छ। जसलाई सरकार, प्रशासन, राजनिती दल, नेता, कानुन व्यवसायी, शिक्षक, संघसंगठन, सभासद, गैर राजनितिक दल, नागरिक कर्मी, पत्रकार र अन्य क्षेत्रबाट बहिषकार, सुधार उन्मुखको साटो आश्रय मिल्नुको साथै उन्मुखको उत्पात, उन्मात गर्ने प्रेरणा जागृत गराइएको छ।
मानिसहरु कलिलो बालकले बजाइरहेको गितारको धुन अनि बालिकाको स्वरमा झुम्दै।
संसारमा आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्ने मानिस आज यो आधुनिक भनौ वा नाङ्गे युगमा पशुले पशुलाई गर्ने व्यवाहार मानिसले मानिसलाई गर्न सकेको छैन\। पशुले आफ्ना सन्तानलाई गर्ने रक्षा, दिने माया ममता कस्तो ईष्यापूर्ण छ तर मानिसले आफ्ना सन्तानलाई आफ्नो विनास ठान्न थालेका छन\। सन्तान जन्माउनु भनेको ठूलो भूल रे, सन्तान भनेका आमाबाबुका ठूला शत्रु हुन्\ रे, यस्ता विविध कारण दर्शाउदैँ आमाबाबु सन्तान बाट टाढिन थालेका छन\। यो परिपाटी, पाटो ठीकै थियो तर हाम्रो सानो, विपन्न अनि गरीब मुलुकको सर्न्दभमा, जनसंख्या पनि घट\ने थियो तर हाम्रो देश नेपालमा जन्म, विवाह र मृत्युको छुट्टै संस्कृति संस्कार छ। हाम्रो आफ्नै मुल्यमान्यता छन\। ती मुल्यमान्यतालाई आधार मानेर चल्ने हो भनेपनि सही हुन्\ जान्छ तर हामी नेपालमा जन्मेर पनि विदेशी कल्चर अवलम्बन गरिरहेका छौँ। भन्छौ विदेशी हस्तक्षेप तर आफै विदेशी जिस्काउने र आऊ स्वागत छ भनेर काखी च्याप्ने प्रवृति छ।
जसको फलस्वरूप यहाँको संस्कार, संस्कृति त्याग्न सम्म पछि नपर्ने। त्यागी सकेपछि पुर्णरुपमा समर्पित हुन् नसक्ने अनि आफ्नो संस्कृति २५ प्रतिशत, भारतीय संस्कृति २५ प्रतिशत, चाईनिज २० प्रतिशत, अमेरिकी २० प्रतिशत र अन्य विदेशी स्वदेशी प्रतिशत जोड्दै शतप्रतिशत संस्कृति निर्माण गर्ने। जुन हाम्रा लागी "Little Knowledge is Dangerous" साबित हुन् गएको छ।
No comments:
Post a Comment