Saturday, May 7, 2011

बुद्ध जयन्ती

प्रत्येक वर्ष बैशाख पूर्णिमाको दिनलाई भगवान गौतम बुद्ध जन्मिएको, बुद्धत्व प्राप्त गरेको र मृत्यु भएको (परिनिर्वाण भएको) दिनलाई स्मरण गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ। यस दिन बुद्ध मन्दिरहरू, विहार, कुटी, चैत्य, गुम्बाहरुमा बुद्धको पूजा आराधना गरिन्छ। नेपाल सरकारले यस दिन राष्ट्रिय पर्वका रुपमा सार्वजनिक विदा दिने गरेको छ।

No comments:

Post a Comment