Friday, October 25, 2013

SAME SAME

म त नपत्याउने गरेर तिम्रो मनमा बास बसेछु
ख्याल ठट्टा होइन साइली दिलैले तनमा शास फेरेछु

रण्डीबाजी नजानेको एक्का छक्का हारेको म गाउँको तोरी लाहुरे
हावाहुरी चल्दा पनि  नढल्किने उनमा आश गरेछु

रैथानेको श्रीसम्पत्ति देखेरै माया बहकिने छैन जस्तो
म बिटुलो गाउँको टिपुलो उही कागजी धन पास गरेछु

भड्काइलो यो संसारमा मनै ठूलो बनाउने म
ध्यानदृष्टि गयाकाशि रामचन्द्र गीता पढीकन लाश बनेछु

अपत्यारिलो कदम चाल्ने उहीमाया को पर्खाइमा
अहिलेपनि यो उमेर उनी साँचिकन आशमा बसेछु

धर्ती धुलो उस्तै उस्तै अंग्रेजी मा SAME SAME जस्तै
तर मेरो मान्छे किन फरक सोचेभन्दा मैले जासुस गरेछु

No comments:

Post a Comment