तुच्छ वचन अनि झुट थिएन जो बोल्छ नेता ओठले
पल पल म रोएकै छु र त खै भरिएकै छैन Facebook वाल
के मैले आशु आँखामा ल्याइ बनाउनु पर्छ र छाल
प्रत्येक भेटमा म रोएकै छु जब छुट्टिने बेला आउँछ
के थाहा तिमीलाई यो मनले रात्री जागाराम के के कूरा लाउँछ
यही डर थियो तिमी सामु रुन अनि मन कठोर गराइ रहे
जब सहि नसक्नु थियो तब तिम्रो बाटो अन्तै अलमलाइ रहे
त्यसैलाई तिमी अन्यथा सोचे छौ
अहिले Facebook Wall रंगाइ के व्यथा पोखे छौ
खै कसरी बुझाऊ तिमी बुझकारी म भन्दा
गेटै के ढकढकाए देखायौ कालो झन्डा
ढले जब याद आयो Wall "इमान" ,"सौदा" साथी
ठूलै बज्रपात भएझै ढलिदिए धर्ती माथि
म ढलेको न तिमले देख्यौ न हेर्ने साहस गर्यौ
आफ्ना भन्ने त थिएन तैपनि त्यो प्रहर टर्यो
फर्की फर्की हेरेको भए हुन्थ्यो कहाँ दुखेको घाउ
तर्काइ रयौ नजर सधै नभेट्न आयौ न (Letter) खबर आऊ
No comments:
Post a Comment