Monday, December 10, 2012

बिन्ती


नाचिदेउ छमछमी गित गाएर
हासिँदेउ गमगमी मित लाएर

नभन ढाँटेको तिम्रो म म तिम्रो माया साटेको
नाम कोर्दे नाम कोर्दै हातै काटेको ।

वर्षै र दिन पहिले देखेको कोपीला, फुल बनेछ ,
हेरिरहुँ लाग्ने त्यो बालापन जवानी बनेछ ।

सुस्केरा हालि तिजुवार धाउने त्यो हामी हैन र
मुटुमा जिलाई हेर न त्यो छामी छैन र ।

बर र पिपल स्वामी छन् साक्षी सोधेर हेरन
त्यो भित्र लुकाइ राखेको दिल खोलेर बेरन ।

सुनै होलो चादीँ को मोहोर तिमीले छोएमा
रिसाइ हाले माफ गर्नु दिलले रोएमा ।

यती न बिन्ती यती न गरे जति जान्याथे
मरी नै गए पनि माया म सति जानेथे ।

भन्नलाई भने यो मनमा भित्र डाह भाको
रातदिन हजूर नसूति खाई चिन्ता मा लाको ।

नाचिदेउ छमछमी गित गाएर
हासिँदेउ गमगमी मित लाएर

No comments:

Post a Comment