Friday, April 22, 2011

भीमसेन थापा


भीमसेन थापाको जन्म विक्रम संबत १८३२ जेठ १० गते गोरखा जिल्लाको बोर्लाङ मा भएको थियो। उनका बाबुको नाम अमरसिंह थापा थियो। उनी एक राष्ट्रिय विभूति हुन । नेपालको राजनैतिक इतिहासमा एक योग्य राजनीतिज्ञ तथा समाज सुधारकका रुपमा चिनिन्छन । यिनले आफ्नो सेवाको शुरुबाट विक्रम संबत १८५४ मा सरदार पददेखी शुरू गरेका थिए । १८६२ मा काजी र मूल काजी हुँदै नेपालको पहिलो प्रधानमंत्री समेत बन्न सफल भए । उनको कार्यकालमा नेपालको सीमा पूर्वमा टीष्टा देखि पश्चिममा सतलजसम्म पुगेको थियो। यिनले धरहरा, सुन्धरा, टुँडिखेल, नापतौलमा सुधार, मोही समस्याको समाधान, दासप्रथाको अन्त्य गर्ने प्रयास, हुलाक प्रथाको प्रचलन, छाउनी र ब्यारेकको व्यवस्था, पाटीपौवाको स्थापना, बन्दुक गोलिको निर्माण, सेनालाई प्रशीक्षण आदि उल्लेख्य कार्यहरू गरेका थिए । विक्रम संबत१८७३ को सुगौली संधि पनि यिनकै पालामा भएको हो।
विक्रम संबत १८९६ मा यिनले दरबारिया षडयन्त्र सहन नसकी देहत्याग गरे।
तर सदा सर्वदा नेपालीहरुको मन मुटुमा रहिरए

तर सदा सर्वदा नेपालीहरुको मन मुटुमा रहिरए



No comments:

Post a Comment