Saturday, September 17, 2011

शहर भन्दा गाउघर !!

शहरको फन्दामा मर्-मर् भन्छन
कहिलेकाही बन्दमा
यस्तो पाइदैन गाउघरमा बन्दको भाका गाइदैन् ।

दिउसोमा अध्यारो रातमा उजेलो
जहिले पनि उल्टो
यस्तो पाइदैन गाउघरमा अध्यारो देख्न पाइदैन ।

शहरमा भौतारी पैसा खोज्दछन
हराए झैँ कतै गर्दछन
यस्तो पाइदैन गाउघरमा पैसा टिप्न भ्याइदैन ।

धुलो धुवा सधै डिग्रीमा
मान्छे वस्तु सबै बिक्रीमा
यस्तो पाइदैन गाउघरमा जोखने, बेच्ने सामान पाइदैन । 

एकै गासमा हैजैहैजा
शहरको खानामा
यस्तो पाइदैन गाउघरमा अमृत बिना खाना खाइदैन ।

लसपस उठबस अप्राकृतिक गठबन्धन
शहरमा मायाममता भताभुंग 
यस्तो पाइदैन गाउघरमा प्रकृति बिना भाका लाइदैन ।। 

No comments:

Post a Comment