Saturday, September 17, 2011

शहर भन्दा गाउघर !!

शहरको फन्दामा मर्-मर् भन्छन
कहिलेकाही बन्दमा
यस्तो पाइदैन गाउघरमा बन्दको भाका गाइदैन् 

दिउसोमा अध्यारो रातमा उजेलो
जहिले पनि उल्टो
यस्तो पाइदैन गाउघरमा अध्यारो देख्न पाइदैन 

शहरमा भौतारी पैसा खोज्दछन
हराए झैँ कतै गर्दछन
यस्तो पाइदैन गाउघरमा पैसा टिप्न भ्याइदैन 

धुलो धुवा सधै डिग्रीमा
मान्छे वस्तु सबै बिक्रीमा
यस्तो पाइदैन गाउघरमा जोखने, बेच्ने सामान पाइदैन  

एकै गासमा हैजैहैजा
शहरको खानामा
यस्तो पाइदैन गाउघरमा अमृत बिना खाना खाइदैन 

लसपस उठबस अप्राकृतिक गठबन्धन
शहरमा मायाममता भताभुंग 
यस्तो पाइदैन गाउघरमा प्रकृति बिना भाका लाइदैन  

No comments:

Post a Comment