Tuesday, February 8, 2011

गजल ...दिनरात तिम्रा लागी म फुलेको छु

गाउँघर बस्ती झुपडी अस्ती म डुलेको छु
आज लोकतन्त्र भइ म डुलेको छु ।
हर्ताल बन्द अनि आन्दोलन रोक जनता
सामन्ती संस्कार अब म भुलेको छु ।
देशको माया देशको गाथा हृद्ययमा छाम
धानको बाला झै म झुलेको छु ।
हिमाल, पहाड, मधेस सब नेपाल
थाह छ कुन कहाँ, म घुलेको छु ।
जे छन तिम्रा माग बटाउ छैन पावन्धी समय
दिनरात तिम्रा लागी म फुलेको छु ।।

No comments:

Post a Comment