Tuesday, February 25, 2014

मै मरी गएको

आजै देखे सपनी मै मरी गएको
त्यही पर बाँसघारी बाँसै काटिरहेको 
याद यादै ताजा छ छर्लगं भइ रोएको
मलाई मात्र बञ्चरो उदाइ धाएको

कसतै भएनि ती हतकेला धार्ने परी आएको
बिलौना ती बुढी माऊले धेरै गरे जस्तै
तर केहि सिप उसको सामु म जलिरहेको
कठै भन्ने थिए तर सबै चर्चिते बन्नेहरु
मिडिया सञ्चारमा प्रहार भइरहेको 

अजै पनि देखे मैलै भाइ गवार लुछिरहेको
बतासेको डाँडो देखि कालापानी साटिरहेको
एउटै गाँस पनि ती अबलाका बेचिरहेको
नपचेनि रमाइरमाइ ती रक्सी सँगै पिइरहेको

Wednesday, January 29, 2014

नेपालका शहीदहरू

काली कौवा करायो सुकेको बाँसैको बोटबाट के हुने होला के खबर ल्यायो कति टाढाको होला भन्दै छ स्वरले बुझदै बुझेन डरायो मन कस्तो घट्ना घटेछ  वर्षे कलिलो त्यो उमेरमा गंगालाल राणाको जालमा परेछन् गोलि हानी उनलाई पनि कठै नर शमशेर राणाले हत्या गरेछन् । पहिलो चोटि शब्द बोल्या जय नेपाल ती बोल्ने शुक्रराज शास्त्री मरेछन् आफै हैन राणाले झुण्डाइ मारेछन् हानेछन् । देशकै लागि त्याग कत्रो ठूलो गरेछन् । अर्को घटना सुनाउँदै थियो धर्मभक्त पनि उही उनको पनि हालत त्यस्तै भएछ दशरथ चन्द पनि रहेनन् । उनले साँचेको चाहेको नेपाल खुलस्त त अझै जनता नागरिक यहाँ का ले भन्न पाएन । खाली अर्कैको गुलामी त मर्दा लाशको मलामि जान पाएनन् । कस्तो दैव लाग्यो कठै बिचरा भनी बोल्न पाएन्न । मुखैमा आएको त्यो वाक्य पनि ध्वनि तरंग उच्चारण गर्न भ्याएनन् । सयौ ले थुके होलान् तर उस्ते फोहोरी दुर्गन्ध सोहोर्न तम तयार कोहि भएनन् । अचम्म त्यो काल रात्री जस्तै अध्यारो औशी को रात जस्तै सधैँ दिन पनि अन्धमय भइदियो । त्यो सुस्केरा हाल्ने कौवा पनि गल्दै गलित थकित केहि नभन्ने घुसखोरी नेता भष्ट भइदियो । 

  • शुक्रराज शास्त्री
  • धर्मभक्त माथेमा
  • गंगालाल श्रेष्ठ
  • दशरथ चन्द


Thursday, January 2, 2014

प्यासै मेटेको


घरी घरी केरा फलेको
आइदेउन सानु एउटै कोसो पहेँलै पाकेको

पानी हजूर थोपो, घुट्को प्यासै मेटेको
जुन जस मायाले नुन ढिको दिएनी

घिउ चुस्की अनि मिश्री चक्की भेटेको
गुलियोमा गुलियो सुन्तला को केस्रो  साँधेको

अघायो पेट हरायो भोक एकै टुक्रो रोटी खाँदामा ...
See More

HAPPY NEW YEAR 2014

चम्कि चम्कि भाग्य सबको उदय होस, 
सबको भलो होस, उज्यालो मुहार होस
......!!!! शान्ति शान्ति छाओस अनि 
मूहारमा क्रान्ति छाओस ............!!!!
*"HAPPY NEW YEAR 2014"*

Wednesday, December 4, 2013

पिपलु

हिड्दा हिड्दै पिपलु भेट भाको मोडैमा
ढल्कि ढल्कि पिपलु हिडेको रोडैमा

नयन जुधेँ पिपलु त्यो सानो भेटैमा
फुलै फुल्यो पिपलु त्यो सानो कल्पनाको गेटैमा

कर्के नजर अनि बाडुल्की पिपलु नभेट्दा क्षणभरैमा
गुनकेशरीले गितै गायो पिपलु देखेको भरैमा

कहाँ चरी उडेको पिपलु बस्यो आफ्नै गुडैमा
डर थोरै काप्दै त्यो मन पिपलु आफै आफ्नो सुरमा

ढुकुर परेवा जस्तै पिपलु जोडि गजबको
लामै लाग्ने जीन्दगी पनि पिपलु छोटो सहयात्राको

न त निराश न दुखी बिलकुल पिपलु सुखै सुखको
पैसा बिना नि तन  बलियो पिपलु माया जालको

पानीले नि नरुझिने पिपलु वर्षात हुदाँको
कस्तो अचम्म माया प्रिरती पिपलु रोग प्रेमको

गफै कति नसकिने ओडार पिपलु बल्छी धागाको
रुनै परे आशु पनि पिपलु पुछिने अर्कै हातको

कति चंचल कति व्याकुल मन पनि पिपलु सन्तुलीत न ताराको
संसारको जस्तो रित तिथी भएनि पिपलु बंगाउने पाराको

दुई मिलन भेट पिपलु कति मिठास पाराको
रात्रीको जुन हतेलीमा सुन बगेझै पिपलु गंगा धाराको


                                                    .... क्रमश ....


Friday, November 29, 2013

उनमा विकल्प छ

तिम्रो जीवन सधै सधै खुशी सँगै सहयात्रा गरोस्
बास् यत्ती मेरो चाहाना छ संकल्प छ,
दुनियाले जेजे भनेपनि मेरो कोल्टोमा दुखै परोस्
तर चाह छैन तिमी मा माया विकल्प छ,
दरो र खरो प्रस्तुती पनि मेरो सहेरै लोद्रोमा झरोस्
फुल्ने फुल सुगन्ध छ भाका उनमा संकल्प छ
मेरो मन स्थिर जस्तै विकल्प केही लाद्न नखोजोस्
खास यही संकल्प छ, उनमा विकल्प छ ।।

Thursday, November 7, 2013

स्वच्छ हावा

धित मजाले मार्दै थिए
स्वर्ग सरी स्वच्छ हावा पाउँदै थिए
बास्ना मग मग ति रमाइलो थियो
म जहाँ नयनले दृष्य भर्दै थिए