Thursday, January 2, 2014

HAPPY NEW YEAR 2014

चम्कि चम्कि भाग्य सबको उदय होस, 
सबको भलो होस, उज्यालो मुहार होस
......!!!! शान्ति शान्ति छाओस अनि 
मूहारमा क्रान्ति छाओस ............!!!!
*"HAPPY NEW YEAR 2014"*

Wednesday, December 4, 2013

पिपलु

हिड्दा हिड्दै पिपलु भेट भाको मोडैमा
ढल्कि ढल्कि पिपलु हिडेको रोडैमा

नयन जुधेँ पिपलु त्यो सानो भेटैमा
फुलै फुल्यो पिपलु त्यो सानो कल्पनाको गेटैमा

कर्के नजर अनि बाडुल्की पिपलु नभेट्दा क्षणभरैमा
गुनकेशरीले गितै गायो पिपलु देखेको भरैमा

कहाँ चरी उडेको पिपलु बस्यो आफ्नै गुडैमा
डर थोरै काप्दै त्यो मन पिपलु आफै आफ्नो सुरमा

ढुकुर परेवा जस्तै पिपलु जोडि गजबको
लामै लाग्ने जीन्दगी पनि पिपलु छोटो सहयात्राको

न त निराश न दुखी बिलकुल पिपलु सुखै सुखको
पैसा बिना नि तन  बलियो पिपलु माया जालको

पानीले नि नरुझिने पिपलु वर्षात हुदाँको
कस्तो अचम्म माया प्रिरती पिपलु रोग प्रेमको

गफै कति नसकिने ओडार पिपलु बल्छी धागाको
रुनै परे आशु पनि पिपलु पुछिने अर्कै हातको

कति चंचल कति व्याकुल मन पनि पिपलु सन्तुलीत न ताराको
संसारको जस्तो रित तिथी भएनि पिपलु बंगाउने पाराको

दुई मिलन भेट पिपलु कति मिठास पाराको
रात्रीको जुन हतेलीमा सुन बगेझै पिपलु गंगा धाराको


                                                    .... क्रमश ....


Friday, November 29, 2013

उनमा विकल्प छ

तिम्रो जीवन सधै सधै खुशी सँगै सहयात्रा गरोस्
बास् यत्ती मेरो चाहाना छ संकल्प छ,
दुनियाले जेजे भनेपनि मेरो कोल्टोमा दुखै परोस्
तर चाह छैन तिमी मा माया विकल्प छ,
दरो र खरो प्रस्तुती पनि मेरो सहेरै लोद्रोमा झरोस्
फुल्ने फुल सुगन्ध छ भाका उनमा संकल्प छ
मेरो मन स्थिर जस्तै विकल्प केही लाद्न नखोजोस्
खास यही संकल्प छ, उनमा विकल्प छ ।।

Thursday, November 7, 2013

स्वच्छ हावा

धित मजाले मार्दै थिए
स्वर्ग सरी स्वच्छ हावा पाउँदै थिए
बास्ना मग मग ति रमाइलो थियो
म जहाँ नयनले दृष्य भर्दै थिए

Wednesday, November 6, 2013

साँझ झमक्क

गाउँको लालु गजक्कै परेछ
उडेको चरी गुडैमा बसेछ
साँझ झमक्क परेछ
तिमी यताउती नजाऊ
खेल्ने समय सिद्धिसकेछ
गमकेर किराकिरी आऊला
टाढै गएका आमाबाबु आइपुगेछ
भुक्ने कुकुर भित्र गइसकेछ
दुहुनो गाई दोइ सकेछ
घाँसपात भकारोमा भरी सकेछ
ताग्ला ताग्ली लाइसकेछ
पल्लारे पसले ढोका लाइसकेछ
रुदैँ गरेको बच्चा रुन छाडेछ
गाउँलेको विर्खे सधै झै मातिदै आएछ
आफ्ना सन्तान कुट्दै कुर्लन थालेछ
फलानो त कुखुरी खोज्दै गाउँगाउँ डुलेछ
तल्लारे शहर गएका गाडि नपाउँदा घरै आएनछ
उपल्लारे खोकीले खोक खोक गर्दै रहेछ 

.......................क्रमश   ...................

Tuesday, November 5, 2013

गगनमा चन्द्र

गगनमा चन्द्र झुल्किदाँ सूर्यले बिदा मागेछ
उही पल्टने लखरलखर घर आउँदै रहेछ
चलायमानले आज पनि अर्कै समाचार पढेछ
ऋणले चुर्लुम्म धनेकोमा साहु पसेछ

Friday, October 25, 2013

देखायौ कालो झन्डा


के नै भनेकि थिए र आखिर यो लाली ओठले
तुच्छ वचन अनि झुट थिएन जो बोल्छ नेता ओठले

पल पल म रोएकै छु र त खै भरिएकै छैन Facebook वाल
के  मैले आशु आँखामा ल्याइ बनाउनु पर्छ र छाल

प्रत्येक भेटमा म रोएकै छु जब छुट्टिने बेला आउँछ
के थाहा तिमीलाई यो मनले रात्री जागाराम के के कूरा लाउँछ

यही डर थियो तिमी सामु रुन अनि मन कठोर गराइ रहे
जब सहि नसक्नु थियो तब तिम्रो बाटो अन्तै अलमलाइ रहे
त्यसैलाई तिमी अन्यथा सोचे छौ
अहिले Facebook Wall रंगाइ के व्यथा पोखे छौ

खै कसरी बुझाऊ तिमी बुझकारी म भन्दा
गेटै के ढकढकाए देखायौ कालो झन्डा
ढले जब याद आयो Wall "इमान" ,"सौदा" साथी
ठूलै बज्रपात भएझै ढलिदिए धर्ती माथि
म ढलेको न तिमले देख्यौ न हेर्ने साहस गर्यौ
आफ्ना भन्ने त थिएन तैपनि त्यो प्रहर टर्यो

फर्की फर्की हेरेको भए हुन्थ्यो कहाँ दुखेको घाउ
तर्काइ रयौ नजर सधै नभेट्न आयौ न (Letter) खबर आऊ