Friday, October 25, 2013

SAME SAME

म त नपत्याउने गरेर तिम्रो मनमा बास बसेछु
ख्याल ठट्टा होइन साइली दिलैले तनमा शास फेरेछु

रण्डीबाजी नजानेको एक्का छक्का हारेको म गाउँको तोरी लाहुरे
हावाहुरी चल्दा पनि  नढल्किने उनमा आश गरेछु

रैथानेको श्रीसम्पत्ति देखेरै माया बहकिने छैन जस्तो
म बिटुलो गाउँको टिपुलो उही कागजी धन पास गरेछु

भड्काइलो यो संसारमा मनै ठूलो बनाउने म
ध्यानदृष्टि गयाकाशि रामचन्द्र गीता पढीकन लाश बनेछु

अपत्यारिलो कदम चाल्ने उहीमाया को पर्खाइमा
अहिलेपनि यो उमेर उनी साँचिकन आशमा बसेछु

धर्ती धुलो उस्तै उस्तै अंग्रेजी मा SAME SAME जस्तै
तर मेरो मान्छे किन फरक सोचेभन्दा मैले जासुस गरेछु

लागन लायो

न मैले सोचे यी यस्ता हाल देख्न पर्ला
खालि सिउँदो भर्दै मा (जालनेल) पासो फन्दा बन्ला
           ...............***........................
धेरै खायौ बाचाकसम सँगै डुलेर मन्दिर
भाको के नै थियो र आखिर गयौ बाटो मोडेर
.............
धेरै भन्थे होस् तिमीहरुको कता गयो
बास गाँस नाप्न नजान्ने हाम्रो के दुर्गति भयो
.....##......
के नै थियो र उनको अनि मेरो दोष
त्यही एउटा खोट शंका गर्ने बानि न थियो रोष
*****
दैव संयोग भनौ या के भनौ मन बरालि रयो
भेट हुदाँ (भेटै नहोस् जस्तो) उनकोमेरो दिन खरानी भयो
.......
रात्री सधै जागाराम देख्ने सबै भन्थे लागन लायो
धामी झक्री धायो सयौ कोटीहोम औषधी मूलो खायो

........Continue....

Thursday, October 24, 2013

ऐठान परेर

बाध्यता मेरो यो छ भनी हिड्न भाछैन
दुनियाँको सामु खुलस्त देखाउन पाछैन
किन अहोरात्र तड्पाइरहन्छ चस्क चस्क
कुनै पल विषेक छैन ऐठान परेर झस्क
बिलकुल म नागिंन चाहन्थे दुरुस्त
पल भर क्षण नभनी तुभान जल्दी तुरुन्त

Monday, October 7, 2013

शुभ दशैं


नाचौला गाउँला भन्ने थियो तिहार दशैमा

बाध्य भइयो ज्यान भन्ने रहेन लयो लयो गयो बैशैमा
............
आशलाग्दो किरण एउटा चुलबुल मन थियो, धर्ती भन्ने उसैको मा थियो 
आकाश छाँगो शिर थियो, उडेको पंछी सरी धर्तीमा रहेन हावा सानु बहेन
खोला बगेझैँ बगि गयो फर्कि फर्कि सर्लक्क  आउने चाह गरेन 
माया मार्यौ भनौ या के भनौ उसले गाउने आह गनेन
........................
कस्तो हुन्थ्यो त्यो अष्ठ दशमी, आषिष भन्ने बाबु र आमाको
कानै सिउरे जमरा जान्थ्यो होला थाती छोड्दै लररकेको केशैमा
.....................................
धर्ती धुलो सोझिन्थ्यो नाच मेरो हेरिन्थ्यो 
पल्क्या ठिटी बेरिन्थ्ये मेरो मर्काइ मर्केको लेशैमा फक्रेको भेषैमा
......................
समाल्न न त समाल थ्यो मादलु एउटै साहारा
घिनघिन घनकाइ २२ ताल नाच नचाउने गुन दर्केको र देश गुणे देशैमा
..............

Monday, September 30, 2013

हाम्रै माटोमा लुम्बिनी पाटामा


सुन साथि संघी 
म बहुलाएको छैन
दुनियाले जे रोपे नि काँडा
म त फुल फुलाइरहेछु, शान्तिका गित गाइरहेछु
बासना ओहो बासनदार बासना 
चारैतिर छाइरहेछु
मधेस भन्छौ या पहाड हिमाल
तिमी जे जे भन म त नेपाली भाका नेपाली पारा देखाइरहेछु
संसारको जुन कुनामा म रहेता पनि 
म त मन मा नेपाली बसाइरहेछु
हाम्रै माटोमा लुम्बिनी पाटामा जन्मेका बुद्ध
सगरमाथा शिर ले उच्च हिमालमा जन्मेको शुद्ध
धोति लाएनि पेटिकोट लाएनी दौरा लाएनि मेरो त ढाका टोपी शिरैमा टल्किरहन्छ ।
निहुँरिदैन कहिले शिर मेरो विदेशी सामु सदा सर्वदा हँसिलो पारा दुख पनि विर्सिन्छ ।
भलै सोच्छु भलै देख्छु भलै सुन्छु म त
कहिलै कु दृष्टि ल्याइदैन भष्ट्र पाराको  ......

Tuesday, September 24, 2013

शहरको तितेले



झुक्याउनु झुक्यायो मलाई शहरको तितेले
तितो हुन्छु भनेर मिठो हुनेले

Wednesday, September 4, 2013

सिमिचौर भेट्होला


गुल्मी जिल्ला तम्घासमा भेट् होला 
आयौ भने रेसुङ्गा गेट (Gate) होला
अर्जुन देखे सिमिचौर भेट्होला

यही बसौ कि जस्तो सेट (SET) होला
गजब गजब रेट् (Rate) होला

हिड्दा हिड्दै Late होला
साथि संघी भेट् होला 

After Visit .............Gulmi District


तिम्रो मुटु मष्तिक हैरानी
चल्ने छैन धडकनको चलानी
(तात्पर्य :- त्यतिसम्म कि कसै सँग तुलना गर्न नसकिने तथा छुटिन गा गाह्रोपर्ने हिसाबको दिल दिल मिलेको अनुभव प्रत्यक्ष गर्नुहुनेछ ।)

बिर्सिएला बुढ्यौली जवानी
 .............क्रमश........  continue ..................!