Friday, May 10, 2013

तिमी सँग


तिमी सँगको   पहिलो भेट,
क्षण हिम्मतलाई कदर गरे
सृष्टि साँच्चै    कायापलट,
नारी अस्तित्व सभ्यतालाई फर्की हेरे 

..............................................

धेरै भयो कानेखुशी,     तर खुलदुली अझ
जीवन आखिर यही रैछ दुई दिनको सलबली साँझ
....

हिड्दा रोकिएनी नयन चाल उही उनको छर छाँया
साँच्चै मनमुटु भुटुभुटु दोहोरो होर माया ।


Wednesday, May 8, 2013

दुई दाम (Radio)


हो पल्ला घरे लाहुरे आउँदा जापानी रेडियो ल्याथ्यो
दुई दाम,                 ठेको सँग मैले साट्न भ्याथ्यो

मान्छे छन् कि भित्र जस्तै, बोलिदिन्थयो सरर
आन्नदले सुनिदिन्थे मै पनि मन फररर

टुट टुट गर्दै जादाँ काम सक्छु खरर

चौतारीया घाँसी, हँसिया का कथा
सुन्दै जाँदा लाग्छ आफ्नै जस्तो व्यथा
यि अहिले अचेल के भए
बुझ्दै नबुझिने यी टटटट ओओओ उल ला उलला ...

पैतला छ नाङ्गै


डोको भरी घाँस, नाम्लो थाप्लो थाप्लै
पाइला चाल्छु भीर पाखा, पैतला छ नाङ्गै

रोकिदैन चाल मेरो, नथकान थकाई
पसीनाको चुलबुल चुलबुल, खोलो जस्तै बगाई

ठाउँ ठाउँको खुड्किलो, बाख्राको हिडाइ
भित्ताको ठक्कर, निहुरी नुगी घोडा जुडाइ

जीन्दगीको लामो सफर, बित्यो यस्तै यस्तै 
दुख छैन खुशी मन,        सुख मस्तै मस्तै

न बाँझिन्छु कोही सँग, हिड्दा सस्तै सस्तै
सबै भन्छ मिलन सार, हो यस्तै यस्तै

खानलाई पुग्या छ, दुई छाक राम्रै
जानेको यति हो, रोग भन्ने थाह छैन
कहिलेकाही ऐठान पर्दा सुत्न पा छैन

Tuesday, May 7, 2013

जवाफ देऊ


कोही किन बोल्दैन 
न बोल्छ मिडिया खुलेरै
बरु भित्र भित्र कति चलखेल छ उसको
म मात्रै खिचन घिच्न लागे झै
भाको किन हो
जनता जर्नादन मूर्तिकारका मूर्ति झै
यि नेता दल लोकतन्त्र आएसी राजा गएसी
सब पखालिए झै दुत गंगा नुहाएर आरती गाए झै

के यही हो सच्चा हृय अनि नेपाली मनहरुले खोजेको
जवाफ देऊन ओ हो मलाई हैन तिमीले भनने गरेकी मातृभूमिलाई

Wednesday, May 1, 2013

मे १ May 1

मे १  मजदुर दिवश

डर लाग्छ बाआमा बिन्ती बिसाउन
राजा रैती समान मन्त्रि समाउन

मन्त्रानि परिन् उही उन दिनको
खोले सिस्नो खान नपाउँदा पकाएको दिनको

लाज लाग्नु थियो उनलाई त्यो मेरो परिश्रम
आज आखिर मजदुर दिवस मे १ श्रम

यति हैन उती हैन अती गरेथे
झुकिकएर हैन हजूर अडिएरै लडेथे

हिजो एक छाक उनको लागि कसरी जोडेथे
बाल बच्चा रोइदिदाँ कनिका छोडेथे

आज उनी मन्त्री मन्त्रानी
जालो थाप्छीन हिड्दाखेरि बाटो काट्दानी

दुख मलाई लाको छैन खान पुग्या छ
भाइ भान्जा जग्गा जमिन उनैले हडप्या छ ।

Friday, March 29, 2013

नेता leader


ठूलाले साना मिच्ने सके थिच्ने ,
नसके गाडि सारी किच्ने ।

घुस पाए भुस सरी घिच्ने ,
पैसामा बिक्ने गरिबका कलेजा झिक्ने ।
दलालका कुरा सिक्ने ,

यीनै हुन बिदेशी सामु झुक्ने ।
सज्जनलाई थुक्ने कुकुरसरी भुक्ने ,

सके लुट्ने नसके भूट्ने ।
गुण्डा भई जुट्ने वेश्यालयमा सुत्ने ,

यिनै हुन् श्रीमती चेली फ्याकने ।
पिजंडामा छोराछोरी जाक्ने ,
भएभरको श्री सम्पति सक्ने ।
सन्त बनी अरुलाई ठग्ने ,

 बिहेवारी बकल छु भन्छ्न् एकल ।
यिनैका अकल निकाल्छन् नक्कल ,

आगो बिना जल्छ कर्मबिना फल्छ ।
हामी आटें ढल्छ घाटी नरेट्दै मर्छ ,
तागत छैन गल्छ बुद्धि छैन बल छ ।

यस्तालाई कुकुरले खान्छ ,
बाघ मातेर जान्छ ।

रहे शेष अंग गिद्धपर्छ दंग ,
गुण्डागर्दी भंग पखालिन्छ रंग ..............।।


  • अन्त्यमा............

  कुकुर झै भुक्ने मन्त्री , सांसद हो
  गधा गधा बन्न सिक
  आक्षेप लगाउनु पूर्व आक्षेप सुन्न सिक

अबको समय


  नेतालाई कुुर्सी

  जनताले दिएको नुनपानी हो

  नेतालाई सत्ता

  जनताले दिएको सुनखानी हो

  सम्झ पापी भष्टÇ नेता

  जनताले दिएको खुनपानी हो ................।।