Monday, December 31, 2012

नयाँ वर्ष २०१३ (New Year 2013)


झरिले झरिले चरी रुझेर रुझेर
भुइमा लछरपछर भो
मेरो माया आउने बाटो 
तैपनि सफा सफा तुवालोले छोडि गो
डर थियो कहि रुकने हो कि
तर तर साथ साथ दिदै बादलु सारथि भो
नयाँ सालको नयाँ रौनक
दौडिदै हतारिदै शुभ शुभ शुरु भो
हिजोको त्यो क्षण त्यो पल
जस्तो भएनि बित्ने बिति गो
अब साँच्चै नयाँ रंग छाई नयाँ जोस छाई
चम्कि चम्कि भाग्य सबको उदय होस, सबको भलो होस, उज्यालो मुहार होस .....................................................शान्ति शान्ति छाओस अनि मूहारमा क्रान्ति छाओस ...................................

Happy New Year 2013

Friday, December 21, 2012

December 21


कुन ठाउँ कुन गाउँ हो झै लाको छ,
बिहान सबेर २१ डिसेम्बर आको छ ।
यी आँखा देखेर 
यो शरिर भेटेर
डर लाको छ ।
कहाँ जाउँ के गरु हिम्मत गाको छ ,
लुटिएझै भाको छ,,
आफू अनि सबलाई रुवाएको छु ।
तैपनि यो वस्त्र आङमा  देखेर,
 मै आफै लजाए चस्मा सजेर ।
के हुन्थ्यो कुन्नि के भइदिएछ,
संसारै मेरो हो भनि सबथोक डिसेम्बरले लइदिएछ ।

जन्मभूमि


अटस न पटस भो मरि जाने कहिले,
डर लाग्छ जन्मभूमि नतिरिने ऋणले ।
झुटो किन बोलौर सबले सत्य बोलेसि,
उपनि योपनि रबले दिलले खोलेसि ।

Monday, December 10, 2012

बिन्ती


नाचिदेउ छमछमी गित गाएर
हासिँदेउ गमगमी मित लाएर

नभन ढाँटेको तिम्रो म म तिम्रो माया साटेको
नाम कोर्दे नाम कोर्दै हातै काटेको ।

वर्षै र दिन पहिले देखेको कोपीला, फुल बनेछ ,
हेरिरहुँ लाग्ने त्यो बालापन जवानी बनेछ ।

सुस्केरा हालि तिजुवार धाउने त्यो हामी हैन र
मुटुमा जिलाई हेर न त्यो छामी छैन र ।

बर र पिपल स्वामी छन् साक्षी सोधेर हेरन
त्यो भित्र लुकाइ राखेको दिल खोलेर बेरन ।

सुनै होलो चादीँ को मोहोर तिमीले छोएमा
रिसाइ हाले माफ गर्नु दिलले रोएमा ।

यती न बिन्ती यती न गरे जति जान्याथे
मरी नै गए पनि माया म सति जानेथे ।

भन्नलाई भने यो मनमा भित्र डाह भाको
रातदिन हजूर नसूति खाई चिन्ता मा लाको ।

नाचिदेउ छमछमी गित गाएर
हासिँदेउ गमगमी मित लाएर

Sunday, November 25, 2012

रेसुङ्गा विमानस्थल (बन्ने क्रममा)


बन्ने क्रममा रहेको रेसुङ्गा विमानस्थल 


हेर्नुहोस् त कस्तो भइसके छ ।






Location:-
VDC      :-  Simichaur
Ward No:   -5,
Name of place :-   Thalemale
District :- Gulmi
Zone : Lumbini
Country :- Nepal 

RESUNGA AIRPORT

Saturday, September 17, 2011

शहर भन्दा गाउघर !!

शहरको फन्दामा मर्-मर् भन्छन
कहिलेकाही बन्दमा
यस्तो पाइदैन गाउघरमा बन्दको भाका गाइदैन् 

दिउसोमा अध्यारो रातमा उजेलो
जहिले पनि उल्टो
यस्तो पाइदैन गाउघरमा अध्यारो देख्न पाइदैन 

शहरमा भौतारी पैसा खोज्दछन
हराए झैँ कतै गर्दछन
यस्तो पाइदैन गाउघरमा पैसा टिप्न भ्याइदैन 

धुलो धुवा सधै डिग्रीमा
मान्छे वस्तु सबै बिक्रीमा
यस्तो पाइदैन गाउघरमा जोखने, बेच्ने सामान पाइदैन  

एकै गासमा हैजैहैजा
शहरको खानामा
यस्तो पाइदैन गाउघरमा अमृत बिना खाना खाइदैन 

लसपस उठबस अप्राकृतिक गठबन्धन
शहरमा मायाममता भताभुंग 
यस्तो पाइदैन गाउघरमा प्रकृति बिना भाका लाइदैन  

Saturday, September 10, 2011

William Shakespeare

Birth date : 1564
Place       : At Stratfoed-upon-Avon, in Warwickshire, England
Married with an older woman named Anne Hathaway
Died : 1616
Shakespeare is remembered for the wealth of magnificent poetry & drama. He left the world and for us; Hamlet, Romeo and Juliet, Macbeth, A Midsummer Night's Dream & many other plays, & for his extraordinary sequence of 154 lyrics (which as Shakespeare's sonnets).