मान्छे हेर्दा राम्रो रैछ हसाँइबोलाइ चाम्रो बिहे भाको हाम्रो छकि बसाँइ होला राम्रो, भेट हुदाँ बोलिचाली कती राम्रो बानी कहाँ पर्छ गाउँ ठाउँ, नाउँ हाम्रो नानी, झट्ट हेर्दा राम्रो हेर मोटोघाटोलाटो बिहे भाको हाम्रो छैन बसाइ राटोमाटो । भेट हुदाँ सबदंग बोल्छु राम्रै सँग नाम सुन्दा कालिगंगा गाउँ हाम्रै गंगा , ।
तस्बिर एउटा झुटासा बसाल्यौ मुटु रोइकन जो जसलाई हसायौ मन फुट्ने गरी दिल खसाल्यौ तन धन जुट्ने भरी जुटाइ फसायौ कहाँ कहाँ खोजिन लक्ष्य पनि सोचिन् भेट्न पनि भेटिन देखेर चिनिन् तिमिलाइ परी सम्झेर बस्दा आकाशे चरी हावाबाट खस्दा पत्रैपत्र लेख्न्न खोजे ठेगाना भेटिन मेट्न खोजे ती तिम्रा भेट तर मेटिन
आमाबाले कमाएको दाम हैन कि दिन भूल्छौ बाआमाले गरेकति खेती पसिना बगाको राम हैन कि खेतीपाती किसानी जागिर हैन कि डोको नाम्लो भिर्ने काम हैन कि दुष्ट्र मार्ने भगवान् राम हैन कि कंश स्याहार्ने कृष्ण छैन कि गरिबको माया माया हैन कि बाटो भरी गाडि जाम हैन कि सूर्यको ताप घाम हैन कि आगोमा पकाको माम हैन कि देशको सेवा काम हैन कि चिठीको बोक्रो खाम हैन कि ..
मरिन्छ–मरिन्छ थाहै होला एकदिन राम जपिन्छ,
चयन सुख हराउँछ जसदिन दाम गनिन्छ,
तरिन्छ–तरिन्छ गंगानदी जसदिन पूण्य थपिन्छ,
परिन्छ–परिन्छ खाडलमा जसदिन पाप गरिन्छ,
गरिन्छ–गरिन्छ पक्कै केहि गरिन्छ,
थाहै छ, थाहै छ गंगानदी तरिन्छ ।।
..
मर्ने भन्दैमा घाँटी कसले रेट्ला र ?
बाच्ने भन्दैमा नमर्ने औषधि भेट्ला र
कुरा सत्य हो, एकदिन पक्कै मरिन्छ
पापपूण्य के हो ? सबै जानिन्छ,
यही फन्दा मायाजालमा जलिन्छ
हिजो त बोट रोपेकै थियो नबढ्नुपर्ने के भै दियो । संसारकै रिती संसारकै तिथी आफैले आफै काटेकै थियो । बुढा छाड्ने कलिला ताक्ने काल पनि मातेकै थियो । चेली र बेटी स्वास्नीआमा मान्छेले मान्छे बेचेकै थियो । रहरै–रहर करै–कर फेसनको माहोल आतङ्क फैलाई बाचेकै थियो ।।
आउन आऊ आमा हामीलाई पर सारिदेऊ । घाम ताप्न खोजेका अध्यारो बाट पार तारिदेऊ । करुवामा पानी छ कचौरीमा सारिदेऊ । आउन आऊ आमा मुटु भरी माया भरीदेऊ । तेल तताइ सरर कोमल हातले दलिदेऊ । हातखुट्टा शरिर भिज्ने गरी माडिदेऊ । ललाइफकाइ तल्तिर भ¥याङबाट झारिदेऊ । दुःखी भएनी हे आमा खुशी भनी ढाँटिदेऊ ।
चोर..
चोर आयो पस्यो लुट्यो बाटातिर लायो
सबै मान्छे हेर्या हेरी टुलुटुलु पार्यो
गोली बिनाको बन्दुक सबलाई तेर्सायो
बोली पनि बन्द मान्छे सब तर्षायो
जाइलाग्ने मान्छे खाइलाग्ने पाराका
चारैतर्फ थिए, सुइको पाउँने भाका
भन्दै रहे चोर आयो चोर आयो ।।
लोग्नेको स्वभाव...
लोग्नेको जात स्वार्थीको साथ
केहि नपरे हात हिर्काउने लात
दिउँसमा कुरलने रातमा उर्लने
स्वास्नीलाई छोरी भन्ने मनपरी
गाली गर्ने रण्डी अलछिन्नी मोरी
लाली भर्ने सोझी भनी मन चोरी
स्वास्नी भन्दा लोग्ने अवशय तगडा
त्यही धन्दा हुने घरमा झगडा
कहिले मनमा पिर पलाउने कहिले रुवाउने
मनपरी जोडी नभएसी क्यार हो सुहाउने
मनमा चोट गालीको भोट थप्परको खोट
नारीको कोख भरेको हुने विषको बोट
पूजा गर्ने पतिलाई ईश्वरको भेषमा
न त ईश्वर न त मानव
बुझ्नै पर्छ अब दानव ,।।
आबै उही तिम्रा सन्तानहरु वर्तमाने कलियुगका छोराछोरीहरु यो सुन्दर सिङ्गो नेपाल भित्र फुस्रा चिल्ला कुरा गर्नेहरु आबै नक्सा परिधी घेरा भित्र नामर्द कहलिए मर्द नाप्नेहरु कस्तो स्वार्थी, कस्तो निष्ठुरी एउटै कोखबाट जन्मेका फेरि आबै तिम्रा छोराहरु रुपै रुपमा राक्षसहरु कलंक हुन्, एउटा सिङ्गो राष्टका टुक्राउँछु देश भन्ने देशद्रोही भष्टका होला अध्यारो, सुक्लान् ओठ गाला आबै तिम्ले सिएको अल्झिदाँ माला ।
प्रधानमन्त्रीको निर्वाचन हुने मिति तय हुनु। शुक्रबार (Friday) माधवकुमार नेपाल प्रधानमंत्री (Prime minister) बन्ने पक्का पक्की हुनु। यो विषय (Subject/matter) हाम्रो देशको राजनितीक (Politics) तथा सरकार (Government) गठन प्रक्रिया (System) थियो। संयोग भनौ वा संजोग माधवकुमार प्रधानमंत्रीमा नियुक्त भएको अर्को दिन आइतबार म शीरमा ढाका टोपी (Dhaka Cap/ Nepali cap) पहिरी क्याम्पस (College) तर्फ लागे। हुन त म आफैलाई पनि नौलो लागिरहेको थियो। किनभने यस भन्दा पहिले म ढाका टोपी लगाईं क्याम्पस गएको थिएन। तर म टोपी नलगाउने चाँहि होइन। बाटोमा (road) हिड्दा सबैको नजर (looks) म तर्फ थिए। जब म क्याम्पस गेट नजिक पुगे, सबैले बधाई (congratulation), प्रधानमन्त्री माधवकुमार नेपाल (Madhav Kumar Nepal), जस्ता विभिन्न शब्दले पुकारे (praying)। म सबैको यूनिक (Unique), अनौठो (Strange), अजीव, कुनै नौलो प्राणी (Animal) जस्तै हुन पुगे। विद्यार्थिहरू यसभन्दा पहिले कहिले पनि नेपाली ढाका पहिरेको मानिस नदेखे जस्तै ग़रे। उनीहरु जिस्काउन सक्ने जिस्काए, भन्न सक्ने भने। कतिले माधवकुमार समर्थक रैछ्स भने, कतिले ने. वी. संघ. को मान्छे जी. पि. बाबु प्रस्तावक यसले समर्थन नगर्ने त कुरै भएन भन्ने जस्ता कुराहरु गरे।
तर मलाई दुख अचम्म लाग्यो कि कसैले पनि सकारात्मक (positive) तरिकाले हाम्रो संस्कृति (Culture), पहिचान (Identity) जोगाउन (Protect) लागेको भनेर भनेनन। यर्थाथमा (Fact) हामी नेपाली वर्ग (caste) आफै आफ्नो पहिचानालाई कसरी कति उल्लु, फंटुस, ठट्टा (Joke/fun), गुडिया (Doll), नपुंसक (Non-living beings) शैलीको रुपमा प्रयोग गरेका रैछ्यौ भन्ने बुझ्न सकिन्छ जस्तो लाग्छ। तर यर्थाथमा म हामी नेपाली थियौँ, हौँ र हुनेछौ भन्ने बुझ्नुपर्थ्यो जस्तो लाग्छ। अर्को कुरा म मधावकुमार लाई दुई खुट्टे (pair of legs), दुई हात, एक मुख (Mouth) र अन्य पाटपूर्जा (instruments) भएको हामी संपूर्ण साधारण (simple) मानव (Human) जस्तै लाग्छ। मैले भेटेको छैनन, त्यसकारण (therefore) उहाँ पनि जस्तो अरु नेता उस्तै (same) हो। भन्छ्न्नी (saying) "जति जोगी आएपनि कानै चिरेको" हो यस्तै हो मेरो लागी पनि, सायद तपाईको लागी पनि।
अर्को अर्थमा अहिले प्रधानमन्त्री बन्ने प्रक्रिया निर्वाचनका उम्मेदवार, प्रस्ताबक, समर्थक, प्रति पूर्ण असहमत (diagree) छू। किनभने हारेको, फेल प्रमाणपत्र पाइसकेको व्यक्ति कुनै परिश्रम बिना, फेरी पास हुन परीक्षादिनुपर्ने तर परीक्षा बिना (without), सोझै सहमति भन्दै पास भएको अर्थ लगाइदिदाँ। मेरो यस भनाइले अब कुनै अर्थ नराखे पनि दुःख लाग्छ यस्तो पाठ हामी भाविष्यका (the future) सन्तानलाई (Children) पढाइदिदाँ। अन्त्यमा ढाकाटोपी लगाउनु हाम्रो गौरव, पहिचान, संस्कृतिको प्रतिक (symbol) हो। अझगर्मियाममा टोपीलेशीतलता (cool) प्रदान गर्छ भनिन्छ। जोगाऊ (save) संस्कृति (culture) नबनाऊ (do not make) विकृति (A fashionable )……………॥..........
Save The Cultures, Do not make as A Fashion (Nontraditional).